काभ्रे (धुलिखेल) – नेपाल सरकारले देशभर नै लगाएको ‘लकडाउन’ उल्लंघन गरी हिड्ने ८४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘लकडाउन’ उल्लंघन गरी सडकमा जथाभावी हिडेकाहरुलाई नियन्त्रणमा लिइएको इल्लाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमील्सिनाले जानाकारी दिए । उनका अनुसार विहान मात्रै सरकारको नियमनलाई अटेर गरी जथाभावी हिडडुल गर्ने ७९ जना पुरुष र ५ जना महिला नियन्त्रणमा लिइएको थियो ।

उनीहरुलाई बनेपा नगरपालिका स्थित पुलबजारमा रहेको बनेपा फुटसलमा (COVID-19) कोरोना भाईरस सम्बन्धी सचेतनामुलक अनुशिक्षण दिई २ घण्टा पश्चात छोड्ने प्रमुख तिमील्सिनाले बताए ।


तपाईको प्रतिक्रिया