काभ्रे (बेथानचोक) – जिल्ला दक्षिण भेगमा अवस्थित समुन्द्री सतहबाट ३०१८ मिटर अग्लाे स्थानमा चैत्र पुर्णिमा हनुमान जयन्तीको अवसर पारेर बेथानचाेक नारायणस्थानमा नारायणकाे मुर्ति स्थापना गरिएको छ ।

बेथानचाेक गाउपालिका वडा नं ३ का अध्यक्ष दिल बहादुर श्रेष्ठकाे अगुवाईमा उक्त मुर्ति स्थापना गरेको थियो । पनाैती श्रीराम पाटी प्यालेसका प्राेपाईटर लक्ष्मण थापाले १०८ के.जि भन्दा बढिकाे मुर्ति उपलव्ध गराएको ३ वडाअध्यक्ष श्रेष्ठले बताए ।

उनका अनुसार मन्दिर परिसरमा एउटा ठुलाे ढुंगा छ, त्यस ढुंगामा कालिगढ ल्याएर नारायणकाे मुर्ति काेर्ने कुरा पनि व्यक्त गरे । ३ फिटको उचाईमा रहेको मुर्ति राखिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया