काभ्रे (पनौती) – जिल्लाको पनौती नगरपालिकाले कोरोना भाइरस (कोभिड -१९) बाट प्रभावित अति बिपन्न परिवारहरुलाई राहत वितरण गर्नको लागि स्थानीय संघ सस्था र व्यक्तिहरुले राहत सामाग्री सहयोग बढी रहेको छ ।

नगरपालिकाको बिपद व्यवस्थापन समितिको बैठकमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा राहत सामग्री संकलन केन्द्रका सयोजक इन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार अत्यावश्यक खाद्यान्न, औसधि, लगायतको व्यवस्थापन भएको छ । विभिन्न देशहरुबाट यो कोरोना सक्रमणको अबधिमा पनौती फर्किएकाहरुको खोजी पनि हुँदै गरेको छ ।

नगरपालिकाका प्रमुख तथा बिपद व्यबस्थापन समितिका संयोजक भिम न्यौपानेले एकद्वार प्रणालीद्वारा राहत वितरण कार्य थालनी गरिएको र यसलाई निरंतरता दिइने जानकारी दिए । वडागत रुपमा कुल १३० जना अति बिपन्न परिवारको पहिचान गरि पहिलो चरणमा घोषित राहत सामाग्री वितरण गरि सकिएको प्रमुख न्यौपानेले बताए ।

ज्योती मिर्मिरे, सामुदायिक, बिन्ध्यावासिनी,जनमैत्री, जागृत कुशादेवी, एकीकृत, रोशी, उद्यम बिकास, इन्द्रेश्वर,हिमाल, बिनायक, नमुना लगायतका सहकारी सस्थाहरु, अनेरास्ववियु काभ्रे, बाग्मती टिपर व्यबसायी संघ, आत्मज्ञान प्रचार संघ, रविन्द्र पुरी फाउन्डेसन, लसुन जोडि, इन्द्रेश्वर मा.वि.२०४२ एसएलसि व्याज, हाम्रो पनौती समाज, पनौती वडा ८ वडा सदस्य शोभा कार्की, पिस होम, काभ्रे पुन्यवती यातायात प्रा.ली, मल्पी इन्टरनेशनल स्कुल,रोशी खोला खानी समूह, निर्माण व्यवसायी संघ काभ्रे, पशुपति टोल सुधार समिती लगायत अन्य थुप्रै व्यक्ती र संघ सस्थाहरुले नगद तथा खाद्यान्न सामाग्री सहयोग गरेको बताइएको छ ।

यसअघि नै नगरले ४ जना सम्मको परिवार र त्यो भन्दा बढी संख्याको परिवारलाई गरि दुई प्रकारको प्याकेज घोषणा गरि वितरण गरिसकेको वरिष्ठ प्रशासकिय अधिकृत इन्द्र अधिकारीले बताए । हालसम्म चामल १७६४० किलो, दाल ९२६ किलो, चिउरा १०५० किलो, चिनी २०६६ केजि, प्याज १५० केजि, गेडागुडी ५० केजि, तेल ९३४ लिटर, चाउचाउ ४७५० प्याकेट, नुहाउने हात धुने साबुन १०७३ गोटा लुगा धुने साबुन १०८० गोटा,आलु २८ बोरा, नियापत्ती ५४ केजि, नुन ९२० के.जि.का साथै मस्यौरा, बिस्कुट आदि सहयोग प्राप्त भएको संकलन केन्द्रका संयोजक इन्द्रप्रसाद अधिकारिले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया