चैतारा – प्रेस संगठन सिन्धुपाल्चोकले जिल्काका सवै पत्रकारलाई सुरक्षित रही सही सूचना प्रवााह गर्न आग्रह गरेको छ ।

पछिल्ला केही दिन यता कोभीड – १९ संक्रमणको जोखिम न्यूनिकरणको क्रममा जिम्मेवार निकायले गरेका कामको विषयमा केही संञ्चारकर्मी तथा संञ्चार संस्थाहरुले फरक मत प्रस्तुत गरी विरोधाभास समाचार संम्प्रेशणले नागरिकमा द्धिविधा वढाएको भन्दै संगठनले सत्यतथ्य समाचार पंम्प्रेषण गर्न आग्रह गरेको हो ।

मंगलवार एक अपिल जारी गर्दै संगठनले मर्यादित पत्रकारिता गरि संगठनात्मक धर्म निर्वाह गर्न अपिल गरेको हो । संगठनको संयोजक बिदुर आचार्यले जारी गरेको अपिलमा संञ्चारकर्मी तथा संञ्चार संस्थाले यो विषम परिस्थितिमा आम नागरिक माझ सही सूचना प्रवाह सँगै संकट समाधानको बैचारिक तथा ब्यवहारिक उपाय खोज्न मद्दत गर्न समेत आग्रह गरेको छ ।

‘संञ्चारकर्मीको सामाजिक संञ्जाल पनि नागरिकको सूचनाको भरपर्दो स्रोत हुने हुँदा सामाजिक संञ्जाल वाट सही सूचना र जनचेतनाको सन्देश प्रवाह गर्न समेत संगठन आग्रह गर्दछ,’ अपिलमा उल्लेख छ, ‘प्रेस संगठन आफ्ना सदस्यहरु तथा सबै संञ्चारकर्मी साथीहरुको स्वास्थ्य प्रति चिन्तित रहँदै अत्यन्तै सुरक्षित तवरवाट सही सूचना प्रवाह गरी यो महामारी बिरुद्धको अभियानमा लाग्न अनुरोध गर्दछौ ।’

अपिलमा विषम परिस्थितिमा अहोरात्र संञ्चार कर्ममा लागिरहेका संञ्चारकर्मीका लागि सहज वातावरण वनाई सहयोग तथा राहत प्याकेज ल्याउन पनि संम्वन्धित निकायमाझ अनुरोध गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया