काभ्रे (भुम्लु) – जिल्लाको भुम्लु गाउँपालिकाले ३० वेडको क्वारेन्टाइन तयार गरेको छ । गाउपालिकाले वडा नम्बर ८ मा रहेको प्रकाश माध्यामिक विद्यालयमा क्वारेन्टाइन तयार गरेको गाउपालिका अध्यक्ष गुमान्ध्वज कुँवरले जानकारी दिए ।

हरेक वडामा भन्दा एकै ठाउँमा क्वारेन्टाइन स्थापना गर्दा सबै सुविधा पुर्याउन सहयोग हुने जिल्ला विपद् ब्यवस्थापन समितिले सुझाव पछी सबै वडालाई पायक पर्ने ठाउँमा क्वारेन्टाइन तयार गरिएको अध्यक्ष कुँवरले बताए ।

क्वारेन्टाइनलाई आवश्यक पर्ने औषधि, खाना, पानी, शौचालय, सुरक्षा र स्वास्थ्यकर्मीको ब्यवस्था गरिएको गाउपालिकाका स्वास्थ्य संयोजक सुदर्शन भट्टराईले बताए । पालिकामा फागुन देखि चैत ९ गतेसम्म विदेशबाट आइपुगेका २१ जना सम्पर्कमा रहेका छन् ।

पालिकाका स्वास्थ्य चौकी १० सामुदायिक स्वास्थ्या इकाई ४ ओटा रहेका छन् । स्वास्थ्य कर्मचारी ५८ जना रहेका छन् । पालिकाभित्र ३ वटा एम्बुलेन्स छन् । साथै गाउँपालिकामा तिनवटा नीजि मेडिकल रहेका छन् । एम्बुलेन्स चालकहरुको लागि पनि पिपिई उपलब्ध गराइएको छ ।


तपाईको प्रतिक्रिया