काभ्रे (पाँचखाल) – काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाले पसल खोल्ने समय तोकिएको छ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्नका लागि पाँचखाल नगरपालिकाले दैनिक उपभोग्य सामाग्रीको पसलहरु निश्चिन समय तोकिएको हो ।

नगर प्रमुख महेश खरेलले आज एक सूचना जारी गर्दै उक्त कुरा जानकारी दिएका हुन् । पाँचखाल नगरपालिका र नगर क्षेत्र भित्र संचालनमा रहेका खाद्य सामाग्री लगायत अन्य दैनिक उपभोग्य सामान विक्रि वितरण गर्दै आएका होलसेलर तथा खुद्रा व्यवसायीहरु उद्योग बाणिज्य संघ, पाँचखालका बीच भएको संयुक्त बैठकले विभिन्न निर्णयहरु गरेको भन्दै प्रमुख खरेलले सूचना जारी गरेकाछन् ।

‘खाद्यान्न, तरकारी, मासु तथा फलफुल पसलहरु हप्ताको दुई दिन (समोबार र शुक्रबार) मात्र विहान ६ बजेदेखि १० बजेसम्म खोल्न पाईने छ । यो नियम औषधि, भेटेनरी तथा बिउ विजन पसललाई लागु हुनेछैन ।’ खरेलद्वारा जारी सूचनामा भनिएको छ, ‘रक्सी, गुटखा तथा सुपारीजन्य वस्तुहरु अर्को सूचना जारी नभएसम्मको लागि विक्रि वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।’

बैठकमा व्यवसायीहरुले पाँचखाल नगरपालिकामा ३ महिना खाद्यन्न संकट हुन नदिने सामूहिक प्रतिबद्धता समेत जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया