काभ्रे – काभ्रेका विभिन्न स्थानमा गरि २ सय ७१ सैयाको क्वारेन्टाईन रहेको जिल्ला प्रशासन कार्यलयले जानएको छ । काभ्रे जिल्लामा ६ नगरपालिका र ७ गाउँपालिका रहेको छ ।

जस मध्ये धुलिखेल नगरपालिका वडा नं ७ स्थित संजिवनी माविमा ७० शैयाको क्वारेन्टाईन वेड, बनेपा नगरपालिका वडा नं ६ स्थित नेपाल रेडक्रस सोसाईटिको तालिम केन्द्रमा ६५ सैयाको क्वारेन्टाईन वेड, पनौतीमा २०, नमोबुद्धमा १८, पाँचखालमा १०, मण्डन देउपुरमा २० वेडको क्वारेन्टाईन रहेको छ ।

यसैगरी रोशी गउाँपालिकामा १०, महाभारतमा २५, चौरी देउरालीमा ५, भुम्लुमा २०, वेथानचोकमा ८ गरी २ सय ७१ शैयाको क्वारेन्टाईन चालु अवस्थामा रहेको छ । र आवश्यकता अनुसार थपिने क्रम जारी रहेको कार्यलयले जनाएको छ ।

त्यस्तै जिल्लामा फागुन ३० गते यता विभिन्न देशबाट नेपाल आएका २५१ जना सम्पर्कमा आएका र उनिहरु अहिले होम क्वारेन्टाईनमा रहेको कार्यलयले जनाएको छ । कार्यलयका अनुसार धुलिखेल अस्पतालमा ८ बेड र बनेपा स्थित शिर मेमोरियल अस्पतालमा ५ वेड गरी १३ बेडको आईसोलेसन कक्ष रहेको पनि जनाएको छ ।


तपाईको प्रतिक्रिया