काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) माहामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमाण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल पर्वतारोहण संघले पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका साथै बिपन्न र न्यून आय भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामगीहरुका निम्ति सहयोग पुने अपेक्षा सहित सहयोग गरेको संघका अध्यक्ष सन्तबीर लामाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।


तपाईको प्रतिक्रिया