काभ्रे (धुलिखेल) – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य, पार्टी जिल्ला इन्चार्ज, निवर्तमान संचार तथा सूचना प्रबिधि मन्त्री एबम काभ्रे प्रतिनिधि सभा २ का माननीय सांसद गोकुल बास्कोटाको पहलकदमिमा काभ्रेका स्थानिय तहहरुको लागि उपलब्ध गराउनुभएको स्यानिट्याइजर र मास्क बितरणको पहिलो दिन अनेरास्ववियू काभ्रे र राष्ट्रिय युवा संघ काभ्रेद्वारा जिल्लाको मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका र चौरिदेउराली गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

मण्डनदेउपुर नगरपालिका मा १८० थान स्यानिट्याइजर र ५०० थान सर्जिकल माक्स हस्तान्तरण गरिएको थियो भने भुम्लु गाउपालिका र चौरिदेउराली गाउपालिकामा १२० थान स्यानिट्याइजर प्रदान गरिएको थियो । मण्डनदेउपुर नगर प्रमुख टोक बहादुर वाइबा, उपप्रमुख निर्मला शाही
र कार्यकारी अधिकृत प्रणराज न्यौपाने लगायतलाई हस्तान्तरण गरिएको थियो भने, भुम्लु गाउपालिकामा पालिमा प्रमुख गुमानध्वज कुवँरलाई हस्तान्तरण गरिएको थियो ।

सोही दिन चौरिदेउराली गाउपालिकामा शालिकराम नेपाललाई १८० थान स्यानिट्याइजर र ५०० थान सर्जिकल माक्स हस्तान्तरण गरिएको थियो ।उक्त कार्यक्रममा अनेरास्ववियू केन्द्रिय सदस्य जेनिस लामा, सुन्दर खड्का, शालिकराम पराजुली, राष्ट्रिय युवा संघ जिल्ला संयोजक बिक्रम चौलागाईं, सह-संयोजक राजकुमार श्रेष्ठ, अनेरास्ववियू काभ्रेका पुर्व अध्यक्ष नवराज ढकाल, अनेरास्ववियू काभ्रेका संयोजक उपेन्द्र शर्मा, जिल्ला सदस्य मुकुन्द लामिछाने र राष्ट्रिय युवा संघ बनेपा नगर अध्यक्ष रत्न श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । काभ्रे जिल्ला का विभिन्न स्थानिय तहलाई आवस्यक स्यानिट्याइजर र मास्क उपलब्ध गराउने क्रम निरन्तर चल्ने छ ।


तपाईको प्रतिक्रिया