लेखक : रवि कुमार पौडेल
जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुख (एसपी)

कविता
सबै मानिस सित नभएर त हैन होला नि, खै किन छोटो मन गरे ।
अलि अलि हुनेहरू बिचरा बरू,केही गर्छन् जस्तो गरी अघि सरे ।।

सात पुस्तालाई पुग्ने कमाउनेहरू, हात मुठी पारेर किन यसरी बसे ।
यिनीहरूलाई अलि बुद्दि देउन प्रभु,मरे पछि के नै लानु छ र माथि हरे ।।

महामारीले संसार खान आटी सक्यो,अझै चेत नखुल्ने कस्ता जब्बर परे ।
कुम्भ कर्ण जसरी सुतेका छन अहिले,किन खै यसरी तल्लो स्तरमा झरे ।।
सबैले सबैलाई सहयोग गरी बाचौ र बचाऔ ।।।


तपाईको प्रतिक्रिया