काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) बाट स्पेनमा एकैदिनमा ८०९ जनाको मृत्यु भएको छ ।

यससँगै त्यहाँ मृतकको संख्या ११ हजार ७४४ पुगेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार, कुल संक्रमितको संख्या १ लाख २४ हजार ३६ पुगेको छ । यो संख्या कोरोनाबाट सबैभन्दा धेरै मृत्यु भएको इटलीको भन्दा धेरै हो ।

तर पछिल्लो तीन दिनमा पहिलोपटक कोरोनाबाट मृत्यु हुनेको संख्या ९०० भन्दा कममा झरेको छ । यसलाई स्पेनका अधिकारीहरुले सकारात्मक संकेत मानेका छन् ।


तपाईको प्रतिक्रिया