काभ्रेपलाञ्चोक – विश्वभर फैलिएको कोरोनाको कहरसँगै काभ्रे जिल्लामा मात्र ३५३ जना वैदेशिक रोजगारीबाट फर्किएका छन । फागुन १६ देखी चैत १२ गते सम्म जिल्लाका १३ वटा स्थानीय तहमा ३५३ जना विदेशबाट फर्किएका स्थानीय तहले सम्पर्कमा ल्याएका हुन ।

वैदेशिक रोजगारीबाट फर्किएकाबाट त्रास बढेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लाका १३ वटै स्थानीय तहलाई विदेशबाट फर्किएकाको खोजी गर्न पत्रचार गरेको थियो । विदेशबाट फर्किएर आएका भएपनि कोरोना भाइरसको परीक्षणका लागि नआएपछि जिल्ला प्रशासन कार्यालयले विदेशबाट फर्किएको खोजी गर्न स्थानीय तहका पत्रचार गरेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले सबै भन्दा बढी पनौती नगरपालिकामा विदेशबाट फर्किएका रहेको जानकारी दिए । उनका अनुसार पनौती नगरपालिकाबाट १०१ जना विदेशबाट आएका छन ।

त्यस्तै बनेपा नगरपालिकामा ४० जना, मण्डनदेउपुर नगरपालिकामा ३७ जना, पाँचखाल नगरपालिकामा ३६ जना, धुलिखेल नगरपालिका २० जना र नमोबुद्ध नगरपालिकामा १५ जनालाई सम्पर्कमा ल्याइएको छ । त्यस्तै तेमाल गाउँपालिकामा १९ जना, भुम्लु गाउँपालिकामा १८ जना, रोसी गाउँपालिकामा १७ जना विदेशबाट फर्किएका सम्पर्कमा ल्याइएको छ । बेथानचोक गाउँपालिकामा १६ जना, महाभारत गाउँपालिकामा १५ जना, खानीखोला गाउँपालिकामा ११ जना र चौँरीदेउराली गाउँपालिकामा आठ जना स्थानीय तहले सम्पर्कमा ल्याएका छन ।

झा.का अनुसार मण्डनदेउपुर नगरपालिका आठ जना क्वारेन्टाइनमा बसेका बाहेक अन्य होम सेफ क्वारेन्टाइनमा बसेको छन । धुलिखेल अस्पतालका नर्सहरुले उनीहरुको अवस्थाका बारेमा जानकारी लिइरहेको छ, स्वास्थ्य प्रमुख झाले थप्दै, हामीले उनीहरुको नम्बर लिएका छौँ । जिपीएस ट्रयापिङ मार्फत कतै हिडेमा तत्काल फोन गर्छौ र हिड्न दिदैँनौ, भने । विदेशबाट फर्किएको जनप्रतिनिधि, स्वास्थ्य कर्मीले समेत नियमित जानकारी लिइरहेको जनाएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया