काभ्रे (तेमाल) – तेमाल गाउँपालिकाको सबै स्वास्थ्य संस्थालाई शुक्रबार स्वास्थ्य सामग्री वितरण गरेको छ । गाउँपालिकामा रहेको ७ वटा स्वास्थ्य चौकी र ३वटा स्वास्थ्य ईकाइहरुलाई सामग्री वितरण गरेको तेमाल गाउँपालिकाका स्वास्थ्य संयोजक शिवहरि पाठकले जानकारी दिए ।

पाठकका अनुसार आज व्यक्तिगत सुरक्षाकवच (पिपिई), सेनिटाईजर, पन्जा, मास्क तथा आवश्यक औषधी (१५ थरीका एण्टिबायोटिक लगायत अन्य)हरु गाउँपालिकाको प्रमुख सलाम सिं लामाले सबै स्वास्थ्य संस्थाका प्रमुखलाई वितरण गरेको होे । पिपिई भने हेल्थ पोष्टको लागि २ सेट तथा स्वास्थ्य ईकाइका लागि १ सेट वितरण गरेको उनले जानकारी दिए ।

विश्वमा फैलिरहेको कोरोना भाइरसको संक्रमणले नेपालले नेपाललाई पनि छोएपछि स्वास्थ्यकर्मीहरु विशेष जोखिममा रहेको पाइन्छ । लामो समयसम्म पिपिईको अभाव भएता पनि गाउँपालिकाले त्यसको सम्बोधन गरेकोमा तेमाल गाउँपालिका वडा नं. २ सस्र्यूखर्क स्वास्थ्य चौकीका ईन्चार्ज लालमाया घलानले खुशी व्यक्त गरे । ति स्वास्थ्य सामग्रीहरु गाउँपालिकाबाट प्रत्येक वडाका वडाअध्यक्षको रोहबरमा वितरण गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया