काभ्रे (धुलिखेल) –  कोरोना भाईरस (कोभिड १९) ले यतिबेला देश नै आतंकित छ । संक्रमण फैलन नदिनका लागि नेपाल सरकारले ‘लकडाउन’ गरेको छ । सरकारले आवश्यकता र परिस्थिति हेरेर ‘लकडाउन’को अवधि हेरफेर हुने भनिएको छ । ‘लकडाउन’का कारण धेरै नागरिक प्रभावित भएका छन् । खास गरी काम गरी खाने मजदुरहरु ।

यसैबिच बागमती प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले बिहीवार आफ्नो जिल्लामा आएर प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा प्रमुखहरु सहित कोभिड-१९ का बारेमा छलफल गरि अहिले सम्मको जानकारी लिएका छन । उनले अबको दिनमा ‘लकडाउन’को जनतामा जचेतना, आपूर्तिका बिषय र बिपन्न नागरिकलाई खाद्यान्न बितरण कसरी सहज बनाउने र अनुगमनका बिषयमा छलफल गरेका थिए ।

सोही दिन प्रदेश सभा सदस्य लम्सालले पाँचखाल नगरपालिकाले गरेको तयारीमा नगर उप-प्रमुख, ३ ४ र ६ का वडा अध्यक्षहरु र जनस्वास्थ्यका कर्मचारीसग छलफल गरेका छन । प्रदेश सरकारले पालिकास्तरिय १०, १२, १५ र २० लाख कोभिड-१९ रोगका विरुद्ध खर्च गर्ने गरि पालिकाले आफ्नो कार्यबिधी अनुसार खर्च गर्न प्रदेश सरकारले रकम पठाएको प्रदेश सभा सदस्य लम्सालले बताए ।

उक्त दिन पाँचखाल वडा नम्बर १३ को १८ परिवारका करिब ८० जना अपाङ्ग, दैनिकी ज्याला गरि खानु पर्नेलाई प्रदेश सभा सदस्य लम्साल, रबिन्द सिपखन, राजमान तामाङ, रामशरण उप्रेती र प्रकाश तामाङ लगायतको टोलीले खाद्यान्न सहयोग गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया