
काभ्रे (धुलिखेल) – बीपी राजमार्गकाे अन्तर्गत धुलिखेल नगरपालिकाको – ११ डाँडागाउँमा एम्बुलेन्स दुर्घटना भएको छ ।
सिन्धुलीबाट गर्भवती महिला लिएर आएको ज १ च १४३९ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
गर्भवती महिलालाई धुलिखेल अस्पताल पुर्याइएको डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । उनका अनुसार गर्भवती महिला, सहित एम्बुलेन्समा सवार सबैको अवस्था सामान्य छ ।