काभ्रे (रोशी) – रोशी गाउँपालिकाको वडा नं १ खहरेपाँगुले दैनिक रुपमा ज्यालादारी गरेर जिविकोपार्जन गर्ने १४ घर परिवारलाई राहत वितरण गरेको छ ।

गाउँपालिकाले विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका निमित्त वडा स्तरीय विपद व्यवस्थापन समिति गठन गरि काम अगाडि बढाउने निर्णय गरेसँगै वडा नं १ ले वडा अध्यक्ष श्रीदास लामाको संयोजकत्वमा समिति गठन गरेको थियो ।

आज (शुक्रबार) सोहि समिति मार्फत वडाका १४ विपन्न बर्गका परिवारलाई ३० किलो चामल, ३ किलो दाल, २ किलो चिनी, २ प्याकेट नुन, २ वट्टा साबुन बितरन गरिएको वडा अध्यक्ष लामाले बताए ।

आफुले चुनेर पठाएको जनप्रतिनिधि मार्फत संकटको समयमा राहत पाएपछि पिडित परिवारले धन्यवाद दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया