काभ्रे (बनेपा) – कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम न्यूनिकरणका लागि परिस्थिति अनुसार सरकारले समय लम्भ्याएपछि समस्यामा परेका निम्न आयस्तर भएका मजदुर, किसान र अशक्तहरुलाई पनौती नगरपालिका वडा नं. ७, बनेपा नगरपालिका वडा नं. ८ र अखिल नेपाल ट्रेडयुनिय महासंघ बनेपा नगर कमिटीले राहत वितरण गरेको छ ।

निम्न आयस्तर भएका वडाबासिन्दाको अभावलाई राहत दिनका लागि बुधवार पनौती नगरपालिका वडा नं. ७ को अगुवाईमा थोरै भएपनि सहयोग पु¥याउने उद्धेश्यले वडा कार्यालयको तर्फबाट राहत वितरण गरेको वडा अध्यक्ष रामचन्द्र नास्नानीले बताउनुभयो ।

विशेष गरी निम्न आयस्तर भएका परिवार, एकल र असाहय ब्यक्तिहरुको पहिचान गरी राहत वितरण गरेको उहाँले बताउनुभयो ।
वडा सदस्य पुरुषोत्तम कर्माचार्यका अनुसार वडाका १०५ जना परिवार, एकल र असाहयलाई चामल १० किलो, एक लिटर तेल, मिसाएको दाल एक किलो, नुन, चिनी र चियापत्ति लगायतका खाद्यन्न वितरण गरेको बताउनुभयो ।

यसैबीच अखिल नेपाल ट्रेडयुनिय महासंघ बनेपा नगर कमिटीले दैनिक ज्यालादारी मजदुरी गरिखाने परिवारलाई केहीभए पनि राहत पु¥याउने उद्धेश्यले २० परिवारलाई खाद्यन्न सहयोग गरेको छ । समितिका नगर संयोजक मिनराज केसीका अनुसार दैनिक ज्यालादारी गरेर खानेहरुको लकडाउनको कारण दैनिक गुजारा चलाउन समस्या भएपछि विभिन्न संघ÷संस्थाहरुको सहयोगमा एक बोरा चामल, दाल दूई केजी, नुन, तेल र सावुन दूई वटाका दरले वितरण गरेकाे के सीले बताउनुभयो ।

बन्दका कारण दैनिक ज्यालादारी खाने मजदुरहरुलाई हातमुख जोर्नै समस्या भएको भन्ने कुरा सन्नमा आएपछि सामाजिक सञ्चालमार्फत आह्वान गरेपछि त्यहाँ आएको कमेन्टको आधारमा उहाँरुरको नाम, सम्पर्क नम्बर र कस्तो खालको समस्या हो, त्यसको बारेमा वरपरकाहरुसंग यथार्थ बुझेर बुत्रवार ईलाका प्रहरी कार्यालय बनेपाको अनुमतिमा प्रहरी प्रशासनकै रोहबरमा वितरण गरेको उहाँले बताउनुभयो ।

यसैबीच बनेपा नगरपालिका वडा नं. ७ ले पनि बुधवार नै वडा भित्रका एक सय जना विपन्न परिवारलाई पहिलो चरणमा खाद्यन्न वितरण गरेको छ । वडा अध्यक्ष बर्ष शाक्यको नेतृत्वमा बुधवार सो राहत वितरण गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया