बेलायतको राजधानी लण्डन शहरका मेयर सादिक खानले आफ्नो शहरका ९ फुटबल क्लबलाई कोरोना भाइरस रोकथाम तथा उपचारमा सहयोग गर्न आग्रह गरेका छन् ।

उनले कोरोना भाइरसविरुद्ध लड्नका लागि सहयोग गर्न लन्डनको शीर्ष दुई डिभिजनका क्लबलाई पत्राचार गरेका हुन् । खानले आर्सनल, चेल्सी, वेष्टह्याम युनाइटेडलगायत क्लबलाई पत्र लेखी डाक्टर,  फिजियो, रंगशाला कोरोना रोकथामका लागि सहयोग गर्न र खानामा पनि सहयोग गर्न आग्रह गरेका हुन् ।

‘यो हप्ता मैले प्रिमियर लिग च्याम्पियनसिप क्लबलाई एनएचएसमा सहयोग गर्न भनेर लेखेको थिएँ । र हामीले पाएको सकारात्मक जवाफबाट म खुशी छु’  मेयर खानले भने । टोटनहम हट्सपरले भने यसअघि नै सिटी हल सहयोग गरिसकेको थियो ।

मेयर खानले कोरोना भाइरसको महामारीविरुद्ध लड्न सबै मिलेर एकजुट भएर अगाडि बढ्नपर्ने बताए । धेरै क्बले यसअघि नै स्थानीय समुदायलाई सहयोग गर्न थालेको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया