कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले लकडाउन गरेको पनि एक हप्ता पुगिसकेको छ ।

मानिसहरु अत्यावश्यक सामान खरिद गर्नबाहेक घरबाहिर निस्कथन पाएका छैनन् । मानिसहरु घरभित्रै बसिसकेका छन् । धेरै नेपालीका लागि यो नौलो अनुभव हो । झन् मैदानमा खेलिरहने, अभ्यास गरिरहने, खेल खेल्न देश विदेश गइरहने खेलाडीहरुलाई लकडाउनले उकुसमुकुस भएको छ ।

कतिपय खेलाडी घरमै अभ्यास गरिरहेका छन् । लकडानका बेला घरमै क्वारेन्टाइनमा बसिरहेका खेलाडीहरुले के गरिरहेका होलान् । भलिबल खेलाडी कुल बहादुर थापासंग गरिएको कुराकानी :

0 लकडानउमा के के गरिरहनुभएको छ ?
घरभित्र परिवारसँग बसिरहेको छु । इन्टरनेट चलाउने यस्तै यस्तै ।

0 कोरोनाबाट बच्न के के गरिरहनुभएको छ ?
टाइम टाइम साबुन पानीले हात खुट्टा धुने । कोही घर बाहिर गए हिँडेको भेटे सम्झाउने साबधानी अपनाइ बसिरहेको छु ।

0 खेल्न नपाउँदा के भइरहेको छ ?
म बिगत २ महिनादेखिको ढाडको नशा च्यापिएर आराम गरिरहेको छु । यो लकडाउनले आरामका लागि झन् सहयोग गरेको छ ।

0 धेरै फुर्सद हुँदा कस्तो हुने रहेछ?
धेरै रेस्ट भएपछि अब ट्रेनिङ गर्ने थाकिन्छ । खेल्ने बानी भएको हुँदा धेरै बसिरहँदा समय बिताउन गाह्रो हुने रहेछ । कुनै कुरामा ब्यस्त हुनु राम्रो हो ।

0 घरबाट बाहिर निस्कन नपाउँदा कस्तो लागेको छ?
हुन त आफ्नो लागि हो । कुनै पनि जनावरलाई बाहिर निस्कन नदिई राख्दा के सोच्दो रहेछ भन्ने महसुस हुन्छ । सायद अब मान्छेले सोच्नु पर्ने बेला आएको छ । प्रकृतिलाई जोगाउनुपर्छ । पछि धेरै रोग आउने छ हामी विकासको नाममा प्रकृति मासिरहेको छौँ ।

0 अहिले कुन साधान चढ्नु हुन्छ?
पल्सर २२० मोटरसाइकल ।

0 तपाईंलाई मन पर्ने नेपाली खेलाडी ?
शक्ति गौचन, क्रिकेट ।

0 मन पर्ने विदेशी खेलाडी ?
युजि निशिदा, जापान ।

0 कुन मोबाइल चलाइरहनुभएको छ?
हुवाई २०१९

0 आफ्नो खेल बाहिरको मन पर्ने खेल र खेलाडी ?
फुटबलको विश्वकै उत्कृष्ट खेलाडी, लिओल मेस्सी ।

0 सबैभन्दा नजिकको खेलाडी ?
इम राना ।

0 खेलाडी नभएको भए के हुन्थ्यो ?
सायद अब जे पनि हुन सकिन्छ होला । हाहा… ।

0 अहिलेसम्मको सम्झन लायक क्षण ?
पहिलो पटक नेपालको जर्सी लगाएर खेल्न कोर्टमा गएको क्षण ।

0 सबै भन्दा मिल्ने खेलाडी ?
चन्द्र कुंवर र देव राज शर्मा (माइला)

0 खेल्न मन लागेको तर नपाएको खेलाडी ?
विश्वकै राम्रो राम्रो खेलाडीसंग खेल्ने मन थियो । तर हामीले लाइभ गेम हेर्न पनि पाइँदैन ।

0 कुन भिडियो गेम खेल्नुहुन्छ ?
कहिलेकाहीँ पब्जी र तीन पत्ती कार्ड गेम ।

0 मन पर्ने गायक, गायिका ?
लोकगीत गायिका देवी घर्ती ।

0 मन पर्ने चलचित्र ?
दंगल हिन्दी ।

0 मन पर्ने अभिनेता ?
राजेश हमाल ।

0 मन पर्ने गीत ?
लोक गीत, मेरी आमा ।

0 जान्नुपर्ने तर नजानेको कुरा ?
गाडी चलाउन ।

0 तत्कालै सिक्न मन लागेको कुरा ?
भलिबल प्रशिक्षणसम्बन्धी नयाँ कुरा ।

0 तपाईंलाई किन्न मन लागेको वा चढ्न मन लागेको सवारी साधन ?
अहिले तेस्तो सोच आएको छैन ।

0 तपाईंसंग भएको कुनै महंगो सामान?
केही छैन । भएको त्यही बाइक हो । हाहा… ।

0 अहिलेसम्म पाउनुभएको महंगो गिफ्ट के हो, को बाँट पाउनुभयो ?
बाइक किन्दा बुवा ले पैसा दिनु भएको थियो । त्यही हो । यस्तै हङकङमा हुनुभएको धन दाईले दु:ख पर्दा धेरै सहयोग गर्नुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया