काभ्रे (बनेपा) – जिल्लाको बनेपा नगरपालिका वडा नं २ का जनप्रतिनिधिले कोरोना भाईरस अर्थात कोभिड–१९ बारे घरदैलो जनचेतनामुलक कार्यक्रम गरेका छन् ।

जनचेतनामूलक कार्यक्रममा वडाअध्यक्ष हरिशरण घिमिरे, वडा सदस्य एवं स्वास्थ्य टोलिले हिजो र आज गरि ५९९ घर परिवारलाई भाईरसबारे सचेतनामुलक कार्यक्रम गरेको हो ।

वडाअध्यक्षको टोलीले प्रत्क्षय टोल टोलमा चेतना मुलक सन्देश दिदै आफनो घर परिवार छिमेक वडा भित्रका नागरिकलाई भाईरसबारे चेतना मुलक सन्देश दिएको थियो । उनिहरुले समय अनुसार आफै सचेत हुनु अनुरोध गर्दै सामान्य प्रकारका ओैषधि मुलो तथा हात धुने साबुन बितरण गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया