काभ्रे (नमोबुद्ध) – जिल्लाको नमोबुद्ध नगरपालिकाले ८ बेडको आईसोलेसन कक्ष स्थापना गरेको छ । नगरले वडा नं ४ मा रहेको जनक माध्यमिक विद्यालयमा आज ८ बेडको आईसोलेसन कक्ष तयार पारेको प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाँईले जानकारी दिए ।

आज पहिलो चरणको काम सकिएको र भोली सम्म १५ बेड पुर्याउने चापागाईले बताए । मेथिनकोट अस्पतालमा ठाउँको अभावका कारण बिद्यालयमा स्थापना गरीएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट राम सरण श्रेष्ठले बताए । मन्त्रालयबाट किट सहित आवश्यक सामग्री आउने प्रतिवद्धता जनाए पनि हाल स्वास्थ्य कर्मीहरुले लगाउने पि.पि.ई. समेत नभएको श्रेष्ठको भनाई छ ।

हाल बेडहरु राख्ने काम भएको र आवश्यक सरसामग्रीहरु पर्याप्त मात्रामा नभएका कारण कोरोना भाईरस सम्भावित व्यक्ति आईहाले भने उपचार गरीहाल्ने अवस्था नभएको उनले बताए । नगरप्रमुख टि.पि. शर्मा तिमल्सिनाले आईसोलेसनमा आईपुग्नु पर्ने सरसामग्रीहरु आउनमा ढिलाई भएको बताए । आईसोलेसन कक्ष र स्वास्थ्य कर्मीहरुका लागी आवश्यक सामग्री आउने तयारी भईरहेको उनले बताए ।

अहिले हाल स्थापना गर्ने काम भएको र यो विपदको समयमा नमोबुद्ध नगरपालिका, रोशी साथै तेमाल गाउँपालिका सँग समन्वय गरेर आगाडि बढ्ने प्रकृयामा रहेको उनले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया