काभ्रे – जिल्लामा ‘लकडाउन’को उल्लंघन गर्ने १ सय ९५ सवारी साधनबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले १ लाख राजश्व संकलन गरेको छ ।

नेपाल सरकारले लगाएको ‘लकडाउन’को दोश्रो दिन बुधबार जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिईएका सवारी साधनहरुलाई साँझ चेतावनी दिदै जरिवना लिएर छाडिएको हो । ‘लकडाउन’ उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई प्रति सवारी साधन ५ सयका दरले राजश्व लिदै आईन्दा अर्काे पटक ‘लकडाउन’को समयमा नआउने शर्तमा छाडिदिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको प्रमुख बिशाल तामाङ्ले जानाकारी दिए ।

‘लकडाउन’ उल्लंघन गर्नेहरुमा १ सय ७१ वटा मोटरसाईकल, १२ वटा स्कुटर, ४ वटा कार, १ वटा स्कार्पियो, ३ वटा मिनिट्रक, र ४ वटा साइकल र दुई मानिसलाई सामान्य सोधपुक्ष पछि छाडिएको छ । सरकारले अत्यावश्यक बाहेक अन्य सवारी साधन तथा ब्यक्तिहरुलाई घर भित्रै बस्न आब्हान गर्दै हिडडुल गरी अटेर गरे कारवाही गर्ने चेतावनी समेत दिएको थियो ।

राजमार्ग तथा अन्य भित्री सडकहरुमा ‘लकडाउन’ उल्लंघन गर्ने ब्यक्ति तथा सवारी साधन बढ्दै गए पछि प्रहरीले ‘लकडाउन’को दोश्रो कडाईका साथ कानुन कार्यान्वयन गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रवि पौडेलले बताए । अत्यावश्यक क्षेत्रका सवारी साधन तथा पसलहरु निर्वाध संचालन भईरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया