काभ्रे (धुलिखेल) – जिल्लामा ‘लकडाउन’ ताेडेर चलाइएका १ सय ९२ सवारीसाधन र २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले बुधवार मध्यान्हसम्ममा सवारी साधन नियन्त्रणमा लिएको हो । सडकमा अत्यावश्यक काम बिना दौडाएको भेटिएपछि १ सय ७१ मोटरसाईकल, १२ वटा स्कुटर, ४ वटा कार, १ वटा स्कार्पियो, ३ वटा मिनिट्रक, र १ वटा साइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुख रवी पौडेलले जानकारी दिए ।

नेपाल सरकारले लगाएको ‘लकडाउन’ उल्लंघन गरी प्रहरीले अटेर गरेर पैदल हिँड्ने यात्रुलाई पनि नियन्त्रणमा लिएर सम्‍झाई बुझाई गरेको छ । ‘अत्यावश्यक काम बाहेक खाली सड्कमा सवारी दौडाउनकै लागि निस्कीएका सवारीलाई नियन्त्रणमा लिएका हौं’ प्रमुख पौडेलले भने –‘सवारी चालकलाई सम्‍झाईबुझाई गरेर छाड्छौं ।’

सरकारले कोरोना संक्रमणको जोखिमबाट बच्न लकडाउनको निर्णय गरेको छ । तर, अत्यावश्यक काम बाहेक सो निर्णयको अवज्ञा गर्नेलाई प्रहरीले सांकेतिक कारबाही गर्न थालेको छ । सरकारले मंगलबार चैत्र ११ गते बिहान ६ बजेदेखि आगामी चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया