काभ्रे – कोरोना भाइरस (कोविड १९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले जारी गरेको एक साताको ‘लकडाउन’को दोश्रो दिन काभ्रे पूर्ण रुपले बन्द भएको छ ।

काभ्रे पूर्ण रुपले बन्द रहेको छ । बजारमा रहेका सम्पूर्ण पसल तथा होटेलहरु बन्द गरिएका छन भने अत्यावश्यक औषधी, दूध तथा ग्यासका पसलहरु भने खुलेका छन । बजारमा मानिसको चहलपहल बन्द गराउन बिहानैदेखि नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिती रहेको छ ।

बिरामी, औषधी तथा खाद्यान्न किनमेल गर्न निस्किएका स्थानीयलाई प्रहरीले केही सहुलियत प्रदान गरेको छ । ‘लकडाउन’को बेला घुमफिरका उदेश्यले निस्कनेहरुप्रति भने सुरक्षाकर्मीहरु कडा रुपमा प्रस्तुत भइरहेका छन् ।

तस्बिरहरु :-

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया