काभ्रे – कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लक डाउन उल्लङ्घन गर्दा ५९ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लक डाउनको उलङ्घन गर्दै अनावश्यक रूपमा निस्किएका ५९ वटा सवारीसाधन र एक जनालाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङ्ले जानकारी दिए । जिल्लाको विभिन्न स्थानमा राखिएको चेक प्वाइन्टबाट बिना पास सवारी चलाउने हरूलाई नियन्त्रणमा लिइएको तामाङ्ले बताए ।

अत्यावश्यक काम औषधी , खाद्यान्न लिन बाहेकको अनावश्यक कामको लागि सडकमा पैदल रूपमा पनि ननिस्कन प्रशासनले आग्रह गरेको छ । जनस्वास्थ्य जस्तो अत्यन्त संवेदनशील विषयमा सबैले एक हप्ता सम्म यस्तै संयमता अपनाउनु हुने र कसैलाई कारबाही गर्न नपर्ने परिस्थितिको अपेक्षा गरिएको प्रमुख तामाङ्को भनाइ छ ।

सरकारले मंगलबार चैत्र ११ गते बिहान ६ बजेदेखि आगामी चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया