काभ्रेपलाञ्चोक – कोरोना भाइरस रोकथामका लागि सरकारले लगाएको ‘लकडाउन’को दोर्स्रो दिन काभ्रेको अरनिको र बीपी राजमार्गमा विहानै देखि प्रहरी चोक–चोकमा परिचालित भएका छन् ।

अरनिको र बीपी राजमार्गमा अत्यावश्यक वस्तु ओसारपसार गर्ने सवारी साधन बाहेक अरु साधन गूड्न दिएका छैनन् । चोक–चोकमा बसेका सुरक्षा कर्मीले मोटरसाइकलमा सवार ब्यक्तिलाई सम्झाउने, बुझाउने गरेका छन् । प्रहरीले कतिपय सवारी साधानलाई जताबाट आएको उतै फर्काएका छन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले आफ्नो सिमाक्षेत्र भित्र कोहि पनि नागरिकलाई घर बाहिर नस्किन माइकिङ मार्फत उर्दी जारी गरेको थियो । तर केहि स्थानीयले अटेर गर्दै अनावश्यक रुपमा पनि हिड्डुल गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङ्ले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया