काभ्रे (बनेपा) – राजधानी काठमाडौ सुनासान छ तर काभ्रेको व्यापारिक नगरी बनेपामा भिडभाड घटेको छ ।

बाहिरबाट व्यापार गर्ने बनेपा आएकाहरुले व्यापार छाडेर गाउँ फर्केपनि बनेपामा बर्षौदेखि व्यापार गरिरहेका स्थानीय व्यापारीहरुले भने व्यापारमै व्यस्त छन् । कुनै पनि पसलहरु बन्द भएका छैनन् । यसले काभ्रेको सबैभन्दा जोखिम रहेको ठाँउमा बनेपा परेको छ ।

सामान्य अवस्थामा भन्दा बनेपामा तीन गुणा धेरै व्यापार भएकाले व्यापारीहरुले व्यापार रोेकेका छैनन् । काभ्रे उद्योग वाणिज्य संघ, बनेपा नगरपालिकाले ठोस निर्णय लिन सकेको छैन । बनेपामा भिडभाड बढेपनि स्थानीय स्तरमा समेत भिडभाड कम गराउने प्रयास भएका छैनन ।

अत्यावश्यक सामानको पसलको कुरा छाडौ इलेक्ट्रिक पसल समेत बन्द भएको छैन । यसले बनेपालीले काभ्रेली जनताकै स्वास्थ्यमा समेत खेल्न खोजेको महसुस हुन थालेको छ ।


तपाईको प्रतिक्रिया