गायिका संगीता रायमाझीको आवाजमा समावेश ‘तिम्रो माया कती दिनलाई’ सार्वजनिक भएको छ । दीपक शर्माको यो गीतमा शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा मोडल वर्षा राउत र विकास लामिछानेले मोडलिङ गरेका छन् । देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशनमा तयार भएको यो भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।

भिडियोमा वर्षा र विकासको जोडी सुहाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया