काभ्रे (पनौती) – पनौतीका महिलाहरुको सक्रियतामा क्लिन पनौती, ग्रीन पनौती अभियान ५० औ हप्तामा पुगेको छ । रोशी खोला र पुण्यवती खोला सरसफाई अभियान एक बर्ष पुग्नै लाग्दा ५० औ हप्त प्रवेश गरिएको हो । गत बर्ष चैत्र १८ गतेबाट सुरु गरिएको अभियान खोला सरफाई हरेक शनिबार निरन्तर रुपमा चलिरहेकाछन् ।

पनौतीलाई क्लिन र ग्रीन बनाउने अभियान ५० औ हप्त प्रवेश गरिए संगै बिभिन्न समुदायहरुले प्रतिवद्धता समेत ब्यक्त गर्न थालेकाछन् । पनौती त्रिवेणी सरसफाई नागरिक अभियानकी अध्यक्ष सुमित्रा बञ्जाराले १२ बर्षमा लाग्ने मगर मेलालाई लक्षित गरेर नदीको सफाई तथा बजार सफाइ अभियानलाई अगाडि बढाएको बताईन् । हामीले सफाई सुरु गरेको ५० हप्ता पुगेको छ, उहाँले भन्नुभयो, यो अभियान प्रत्येक शनिवार गर्दै आएका छौँ । महिला चुलो चम्कोमा मात्र सिमित हुँदैनन, अवसर आयो भने जस्तो सुकै काम पनि गर्न सक्छन् भन्ने उद्देश्य सहित अभियान संचालन गरिरहेको बताईन् ।

पनौतीका स्थानीय हेमा मानन्धरले “पनौती त्रिवेणी नागरिक सरसफाइ अभियान” सफल बन्दै गएको बताईन् । हामी महिला दिदीबहिनी मात्र मिलेर सुरु गरेको अयिभान सबैको साथ पाएसंगै सफल बन्दै गएको सरसफाइ अयिभानमा जनसहभागिता बढ्दै गएको बताईन् । ५० औँ हप्ता पुगेको अवसरमा शनिवार पनौतीमा सरसफाइ प्रतिवद्धता कार्यक्रम आयोजना गरिएको थियो । त्यस अवसरमा अधिकार सम्पन्न बाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, उपप्रुमख लक्ष्मी दनुवार, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई, समाजसेवी मधुप्रसाद आचार्य, अन्नपूर्ण नेटर्वक प्रालिका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, बाग्मती सफाई अभियानका अभियान्ता किशोर शाही, ओम बस्नेत, पनौती नगरपालिका वडा न ७ का वडा सस्दय पुरुषोतम कर्मचार्य, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा लगायतले महिलाले सुरु गरेको अभियानमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

ऐतिहासिक, धार्मिक, साँस्कृतिक एव्म पर्यटकीय महत्व बोकेको विश्व सम्पदाको लागि सूचिकृत हुन लागेका पनौती नगरपालिका भित्र जिल्लाकै सबैभन्दा बढी मठमन्दिर रहेका छन । पनौतीलाई बासुकी नागले सुरक्षित गरेको जनविश्वास पाईन्छ । लिलावती, पुण्यवती र रुद्रवती नदीको संगमस्थल त्रिवेणी धाममा जोडिएका गौतम ऋषि, अहिल्या, इन्द्र र सचिका रहेको पौराणिक तथ्य किवंदन्तीमा रहेको स्थानियहरु बताउछन् ।सरसफाई कार्यक्रममा सरसफाई सम्बन्धी प्ले कार्ड बोकेर जनचेतनाको लागि पनौती बजार परिक्रममा समेत गरिएको थियो ।


तपाईको प्रतिक्रिया