राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

काभ्रे (पनौती) – पनौती नगरपालिकामा जारी १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सम्पन्न भएको छ ।

प्रतियोगीतामा पनौती नगरपालिका वडा नम्बर ४ को पनैती अंग्रजी वोर्डीङ स्कुल प्रथम भएको छ । उसले चार ओटा स्वर्ण र १० ओटा सल्भिर जितेको हो । त्यसैगरी चार ओटा स्वर्ण र चार ओटा सल्भिर जित्दै वडा नम्बर ८ को सिदार्थ बनस्थली ईन्टीच्युट द्धितिय भएको छ । तेस्रोे स्थान ओगट्दै मल्पी ईन्टरनेश्नल स्कुलले  चार ओटा स्वर्ण पदक जितेको छ ।

बिजेताहरुलाई नगर प्रमुख भिम प्रसाद न्यौपानेले ट्रफी, पदक र प्रमाण पत्र बितरण गर्नुभएको शिक्षा शाखाका स्रोत ब्यक्ती महेश्वर जंगमले जानकारी दिए । प्रतियोगीता अबधी भरी १५ ओटा बिधाका खेलहरु भएका थिए ।