काभ्रे (धुलिखेल) – काभ्रेको सबै स्थानीय तह साक्षर घोषणा भएका छन् । साक्षरता अभियान जिल्ला समन्वय समितिले आज पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार सबैभन्दा धेरै जिल्लाको रोशी गाउँपालिकाका ९८.९८ प्रतिशत नागरिक साक्षर भएका छन् । जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहका कुल निरक्षर संख्याको ९६ दशमलब ४८ प्रतिशत नागरिक साक्षर भएका छन् ।

जिल्लामा २०६८ सालको जनगणना अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ३ लाख ७३ हजार ७ सय २८ जनसंख्या मध्ये ८१ हजार ५ सय ४९ जनसंख्या निरक्षर थियो । समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा अझै १३ हजार १ सय ६८ जना नागरिक निरक्षर छन् ।

पत्रकार सम्मेलनमा साक्षर जिल्ला घोषणा समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले यहि फागुन ७ गते जिल्लालाई नै साक्षर घोषणा गरिने जानकारी दिदैँ यो कार्यक्रम सफल पार्न सबैलाई आग्रह समेत गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया