काभ्रे (पनौती) – जिल्ला काभ्रेको पनौती नगरपालिकामा नगरपालिका स्तरीय १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज (बुधवार) शुरु भएको छ ।

प्रतियोतिाको उद्घाटन पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले खेलकुद प्रतियोगिताले विद्यार्थीहरु प्रतिभा मात्रै नभई विद्यालय विद्यालय बीचको भातृत्व समेत विस्तार हुने भएकाले बालबालिकाहरुको स्वास्थ्यसँग समेत जोडिएको यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताए ।

शुक्रबार समापन हुने प्रतियोगितामा भलिबल र कबडीलगायतका खेलहरु समावेश गरेको छ । १ सय, २ सय, ४ सय, ८ सय, १ हजार ५ सय र ३ हजार मिटर दौड प्रतियोगिता आयोजना गरिएको छ भने ज्यावलिङ्ग थ्रो अन्र्तगत हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प लगायतका विद्याहरु समावेश गरिएको शिक्षा तथा खेलकुद शाखाका प्रमुख मधुसुदन अधिकारीले जानकारी दिए ।

त्यस्तै भलिबल तर्फ छात्र र छात्रा समुह विभाजन गरिएको छ । छात्र तर्फ ९ टिमले सहभागिता जनाउने छन् भने छात्रा तर्फ ८ टिमले सहभागिता जनाएका छन् । कबडी खेलमा पनि ८ समुह छात्र/छात्रा सहभागि भएका छन् । झण्डै ३ सय विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । गत वर्ष पनौतीको पनौती बोर्डिङ्ग स्कुलले रनिङ्ग ट्रफि हात पारेको थियो । यो वर्ष १२ नीजि विद्यालयका विद्यार्थीहरु सहभागि रहेको शिक्षा शाखाकी पुष्पा अर्यालले जानकारी दिईन ।

उप-प्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापागाई, वडा अध्यक्ष रामचन्द्र नास्नानी लगायतले प्रतियोगिताका बारेमा मन्तब्य रखेका थिए । प्रतियोगितामा नीजि र सामुदायिक गरी २२ विद्यालयका विद्यार्थीहरु सहभागि छन् ।


तपाईको प्रतिक्रिया