काभ्रे  (पनौती) – पनौती नगरपालिका वडा नं ७ मुख्य बजारमा बर्थिङ सेन्टर र ल्याब संचालनमा ल्यए संगै वडा सदस्य पुरुषोतम कर्मार्चायले गरेका प्रतिवद्धता पुरा गरेकाछन् ।

बर्थिङ सेन्टर र प्रयोगशाला संचालनमा ल्याएको केहि महिना अघि मात्र सार्वजानिक कार्यक्रममा वडा सदस्य कर्माचार्यले पहिलो पटक बर्थिङ सेन्टरमा बच्च जन्माउने महिलालाई ५ हजार ५ सय ५५ रुपैया प्रोत्साहन सहित सम्मान गर्ने घोषणा गरिएको थियो । बुधबार बार्थिङ सेन्टरमा पनौती नगरपालिकाको मेयर भिम न्यौपाने, पनौती नगरपालिका स्वस्थ्य प्रमुख पुरुषोतम तिमल्सिना सहतिको उपस्थितिमा वडा सदस्य कर्मार्चायले पहिलो पटक सुत्केरी गरईएका खानिखोला गाउँपालिका वडा नं ७ मिल्चेका सुस्मिता रुम्बालाई नगद रुपैया सहित तोरीको तेल दुई लिटर बितरण गरिएको थियो ।

उक्त बर्थिङ सेन्टरको नगर प्रमुख मेयर भिम न्यौपानेले औपचारीक रुपमा उद्घाटन गरिए पछि संचालनमा रहेको थियो । बितरण कार्यक्रममा नेपाल सरकारबाट नियामित गर्भचेकजाँच गरिएबापत २८ सय रुपैया र नगरपालिकाको तर्फाबाट थप १ हजार सुत्केरी भत्तासमेत नगर प्रमुख न्यौपानेबाट सुस्मिता रुम्बालाई बितरण गरिएको थियो । हामीले संचालनमा ल्याएको बार्थिङ सेन्टरमा नियामित चेकजाँच गरेर सुत्केरी गराउन सफल भएको मेयर न्यौपानेले बताए । स्वस्थ्य क्षेत्रमा निकैनै लगानी गरेर नगरले बिषेशरुपमा अवश्यकताको अधारमा काम गरिरहेको मेयर न्यौपानेले बताए ।

महिलाहरुको स्वास्थ्यमा सुरक्षित र उनिहरुलाई नियामित गर्भ चेकजाँचमा जोड् दिनको लागि प्रोत्साहन स्वारुप रकम दिने घोषणा गरिए अनुसार बुधबार पहिलो महिला सुस्मिता रुम्बालाई बितरण गरिएको वडा सदस्य पुरुषोत्तम कर्माचार्यले बताए । मैले केहि महिना अघि गरेका बाचा अनुसार रकम बितरण गर्न सकियो अब दोस्रो र तेस्रो सुरक्षित सुत्केरी गराउने महिलालाई समेत बितरण गरिने वडा सदस्य कर्मार्चायले भने । हामीले यो समाजमा रहेर केहि न केहि गरौ र गर्नु पर्छ भन्ने उद्देश्यले नै आमा र बच्चाको स्वास्थ्यमा धेरै नै सुधार गर्नको लागि सहयोग भन्दा पनि स्वास्थ्य क्षेत्रहरुमा सबैको पाँहुच पु¥याउनको लागि मैले यस्तो घोषणा गरिएको वडा सदस्य कर्मचार्यले भने । अबको दिनमा नियामित संचालनमा सबैको पहल होस्भनेर प्रोत्साहन गरिएको कर्मार्चायले बताए । र ति स्वास्थ्य जाँच बार्थिङ सेन्टर सम्म ल्याउनको लागि सानो पहल स्वारुप प्रोत्साहन घोषणा गरिएको कर्मचार्यले बताए ।


तपाईको प्रतिक्रिया