‘भ्यालेन्टाइन डे’ मा डेढ लाख फूलकाे कारोबार हुने

काठमाण्डाै – प्रणय दिवसको अवसरमा फूलको कारोबार बढ्ने अनुमान गरिए पनि यो वर्ष कारोबार सन्तोषजनक नरहेको व्यवसायीले बताएका छन् ।

अघिल्ला वर्षमा जस्तो चहलपहल नदेखिएको फ्लोरिकल्चर एसाेसियशन अफ् नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजुले उज्यालोलाई बताउनुभयो । गएकाे वर्ष डेढ करोड रुपैयाँ बराबरका एक लाख ६० हजार गुलाब बिक्री भएको थियो । यो वर्ष भने झण्डै डेढ लाख फूलको कारोबार हुने देखिएको अध्यक्ष कसजुको भनाइ छ ।

उहाँका अनुसार यो वर्ष विदेशबाट फूल आयातको दर पनि घटेको छ । गएकाे वर्ष एक लाख फूल नेपाल ल्याइएकाे भए पनि यो वर्ष त्योभन्दा कम आयात भएको उहाँले बताउनुभयो ।

बजारमा फूलको माग कम रहेकाले याे वर्ष गएकाे वर्षकाे तुलनामा कम परिणाममा फूल आयात गर्न लागिएको हाे ।