काभ्रे (बनेपा) – बेलर इन्टरनेशनल एकेडमीको नवनिर्मित भवन उद्घाटन तथा खेलकुद सप्ताहको सुभारम्भ भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त कार्यक्रमको आज उद्घाटन गर्नुभएको थियो ।

बिद्यालयमा शिक्षासँगसँगै हाम्रो राष्ट्र नेपालको इतिहास, भाषा, भेषभुषा, संस्कृति दिन आवश्यक रहेको प्रधानसेनापति पूर्णचन्द्र थापा बताए । उहाँले स्वदेशमा नै रोजगारी लगायतका अवसर रहेकाले विदेशमा नजान बिद्यार्थीलाई आग्रह गरे । थापाले नेपाली सेनामा अवकास भएका भुतपूर्व सैनिकहरुलाई बैदेशिक रोजगारमा नजाउनु भन्नका लागि स्वरोजगारका कार्यक्रम दिदैँ आएको बताए । उहाँले तीन हजार भन्दा बढी परिवारलाई रोजगार दिएको बताए ।

उक्त अवसरमा बेलर इन्टरनेशनल एकेडेमीले अन्र्तराष्ट्रिय आईएसो प्रमाणपत्र पाएको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । शिक्षाको गुणस्तरीयता अन्र्तराष्ट्रिय स्तरको भएको भन्दै उक्त एकेडेमीलाई आईएसो प्रमाणपत्र दिइएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नेपाल प्रेश काउन्सिलका सदस्य इश्वरी ओझा, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, बेलर बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापा लगायतले शुभकामना मन्त्यब्य राखेका थिए ।


तपाईको प्रतिक्रिया