काभ्रे (बनेपा) – काभ्रेको बनेपामा रहेको आदर्श विद्या मन्दिर (एबिएम) बोर्डिङ बिद्यालयले श्रीपञ्चमीको अवसरमा बिद्यालयमा शैक्षिक प्रदर्शनी शुरु गरिएको छ ।

आज बिहिबार बाट सुरु भएको शैक्षिक प्रदर्शनी शनिबार सम्म चल्ने भएको बिद्यालयका प्रअ राम प्रसाद तिमल्सिनाले बताए । बिद्यार्थीहरुको शिकाई संग संगै बिद्यार्थीहरुको लागि थप ज्ञान दिनको लागि बिद्यालयले शैक्षिक प्रदर्शनी कार्यक्रम राखिएको प्रअ तिमल्सिनाले बताए । तीन दिन सम्म चल्ने शैक्षिक पदर्शनमा बिद्यार्थीहरुले निर्माण गरिएको बिभिन्न बिषयहरु प्रदर्शनीमा स्टल राखिएको प्रअ तिमल्सिनाले बताए ।

बिद्यालयमा अध्ययानरत बिद्यार्थीहरुको हरेक बिषयहरुमा बिकासमा जोड् दिदै बिद्यालयले थप ज्ञानहरु शैक्षिक प्रदर्शनबाट समेत लिनको लागि सजिलो हुनेभएकाले यस्तो अभियान हरेक बर्षहरुमा नियामित संचालन गरिदै आएको प्रअ राम प्रसाद तिमिल्सनले जानकारी दिए । तीन दिन सम्म चल्ने शैक्षिक प्रदर्शनी मेलामा बिद्यालयमा नव आगन्तुक बिद्यार्थीहरु, छिमेकी बिद्यालयको बिद्यार्थीहरु, अभिभावक ज्यूहरु अथिति ज्यूहरु र स्थानियहरुलाई अवलोकनको लागि निमन्त्रणा गरि सकेको शिक्षक केशब दाहालले जानकारी दिए ।

यो शैक्षिक मेलाबाट बिद्यार्थीहरु मात्र नभएर सबै समुदायले समेत जानकारी लिन सकियोस र छिमेकी बिद्यालयका बिद्यार्थीहरुले समेत केहि सिक्न पाइयोस भनेर बिद्यालयले यस्तो अभियान श्रीपञ्चमीको अवसरमा आयोजना गरिएको शिक्षक एवं शैक्षिक प्रदर्शनीको संयोजक केशब दाहालले जानकारी दिए ।
तीन दिन सम्म चल्ने शैक्षिक प्रदर्शनी मोलामा बिज्ञान, बातावरण, पुरानो कलात्मक कला झल्किने कलाहरु, नेपालको इतिहासको बिषयहरुमा अवलोकन हेर्न सकिने छ ।


तपाईको प्रतिक्रिया