कौरव खत्री / गुल्मी – बागलुङको गलकोट नगरपालिकामा जनताहरुको थप सहजताका लागि प्रविधिमैत्री बनाएको छ ।

गलकोट नगरपालिकाको वडा नं. ३ मा मंगलवारदेखि अनलाइन मार्फत राजश्व संकलन,जग्गाको तिरो लगायतका कामकाजहरुको प्रविधिमयको प्रयोग गरि सेवाको शुरुवात गरिएको गलकोट नगरपालिकाको वडा नं. ३ का कार्यवाहक अध्यक्ष झहर बहादुर खत्रीले जानकारी दिए ।

साथै कार्यवाहक अध्यक्ष खत्रीले भने अव वडा कार्यालयका सबै दैनिक कामकाजहरुलाई प्रविधिमैत्री बनाउदै लैजाने बताए । पहिलो दिन अर्थात मंगलवारबाट शुरुवात गरिएको अनलाइन मार्फत ४ जनाको राजश्व संकलन गरिएको र सेवाले स्थानीय जनताहरुलाई थप सहज सेवा प्रभावकारी हुने कार्यवाहक अध्यक्ष झहर बहादुर खत्रीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया