शिक्षाको गुणस्तरमा जोड दिनुपर्छ : सांसद लम्साल

काभ्रे (चण्डेनी) – बागमती प्रदेशका सभा सांसद लक्ष्मण लम्सालले बिद्यालयमा पढ्ने बिद्यार्थी भाईबहिनीहरुले गुणस्तरीय शिक्षा पाएको छ कि छैन भन्ने कुरामा जोड दिनुभएको छ ।

जिल्ला काभ्रेको मण्डनदेउपुर नगरपालिका स्थित तिमल्सिनागाउँमा श्री चण्डेनी मा.वीको ४७ औँ वार्षिक उत्सब तथा अभिभाबक भेला सांसद लम्सालले बिद्यालयमा पढ्ने बिद्यार्थी भाईबहिनीहरुले गुणस्तरीय शिक्षा पाएको छ कि छैन भन्ने कुरा बताउनुभएको थियो । टोलटोलमा बिद्यालय हुँदा यस चण्डेनी मा वीले कतिको गुणस्तरीय शिक्षा प्रदान गर्छ भन्ने कुरा उहाँले बताउनुभयो । नगरभित्र अरु बिद्यालय भन्दा यस बिद्यालय किन उत्कृष्ट छ भन्ने कुरा परिणाममा देखाउन पर्ने चुनौती रहेको बताउनुभयो ।

हामीले हाम्रो सार्वजनिक बिद्यालयमा हाम्रा बालबच्चालाई निर्बाद ढंगले शिक्षा दिएको छ कि छैन भन्ने कुरा चुनौती रहेको बताउनुभयो । तीन तहको सरकारले जुन तरिकाबाट शिक्षामा लगानी गर्दै आएको छ त्यस्को प्रतिफल पाएको सांसद लम्सालले बताउनुभयो । उहाँले नगरपालिका भित्र करीब ५ हजार भन्दा बढी बिद्यार्थीलाई ट्याकसुट बितरण गरेको एकरुप ल्याउन यस्तो कामको सुरुवात गरेको बताउनुभयो । शिक्षण सिकाइका बिधीहरु नगरपालिकाले अगाडी बढाएको कुरा बताउनुभयो ।

सोही कार्यक्रममा मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष झलक प्रसाद पौडेलले श्री चण्डेनी मा.वीलाई यो स्थान सम्म आउन सहयोग सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो । उहाँले नगरभित्रको सम्पूर्ण बिद्यालयलाई वार्षिक उत्सब मनाउन अनुरोध गर्नुभएको छ । यस बिद्यालय सुरुमा झिगटीको छानोबाट सुरुवात गरेर अहिले पक्की भबन सम्म आईपुग्दा खुशी ब्यक्त गरेका छन । कार्यक्रम पूर्व बिद्यार्थी मन्चले यस बिद्यालयमा पढाएर अन्त जानुभएका शिक्षक तथा शिक्षिका लाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । ४७ औँ वार्षिक उत्सब तथा अभिभाबक भेला पारेर उज्यालो नेपालको टीमले ९ जना गरीब, बिपन्न, जेहेन्दार बिद्यार्थीलाई ज्याकेट दिएको थियो भने इसीडी (ECD) मिटेरियल बितरण गरेका थिए ।

उक्त कार्यक्रम गोर्खापत्रका कानुनी सल्लाकार कुमार भट्टराई, नेकपाका प्रतिनीधी धुर्ब प्रशाद काफ्ले, पूर्व प्राध्यापक रामहरी गिरी लगाएतले मन्तब्य राखेका थिए ।