काभ्रे (रोशी) – तामाङ समुदायले मात्र बनाउँदै आएको सोनाम ल्होछार विस्तारै समावेशी बन्दै गएको छ । तामाङ समुदायको बाहुल्यता रहेको काभ्रे जिल्लामा पनि तामाङ समुदायले २८५६ औ मुसा वर्ष (जिवा ल्हो) सोनाम ल्होछार विविध कार्यक्रमका साथ मनाएका छन ।

बरपिपल युवा क्लवको आयोजनामा शुक्रबार देखी मनाउन सुरु गरेको रोशी गाउँपालिकामा ल्होछार आइतबार मात्र सम्पन्न भएको छ । तामाङको बाहुल्यता रहेको गाउँपालिकाले तीन दिन सम्म विविध कार्यक्रम सहित ल्होछार पर्व मनाएको छ । अघिल्लो बर्ष तामाङ जातीको मात्र गायन, नृत्य, झाँकी हुने यस बर्षको ल्होछार पर्वमा ब्रम्हाणहरुको खैजेडी भजन प्रस्तुत गरिएको थियो भने लामा गुरुहरुले देखाउने झाँक्री (बम्पो) नाच दलित सुमदायका युवाहरु सहितको सहभागितामा प्रस्तुत गरिएको थियो ।

खैजेडी भजनमा ताराप्रसाद उप्रेती र माधवप्रसाद न्यौपाने लगाएतको टोलीले गर्नुभएको थियो भने झाँक्री नाचमा लक्ष्मण विक, बासु विक र युवराज लामाले प्रस्तुत गरेका थिए । हरेक बर्षको ल्होछारमा सधै तामाङ सेलो, डम्बु, झाँकी प्रर्दशन हुने ल्होछारमा खैजेडी भजन सहितको नाचले सबैलाई अचम्मित पारेको थियो ।

सोही कार्यक्रममा गाउँपालिका अध्यक्ष डिबी लामाले सबै जातजाती र भाषाभाषीहरुको संरक्षण, प्रर्वद्धनका लागि गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले अबदेखी टुडिलेखलमा ल्होछार मनाउने दिन गएको बताएका छन् । सबै जातजाती र भाषाभाषीहरुको संरक्षण, प्रर्वद्धनका लागि गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको बताउनुभयो ।

अध्यक्ष लामाले जनप्रतिनिधि भई स्थानीय सरकारका रुपमा काम शुरु गरे लगत्तै स्थानीय सरकारले ल्होछार, माघे संक्रान्ति, जनै पूर्णिमा जस्ता महत्वपूर्ण चाडपर्वहरुलाई प्राथमिकतामा राखेको बताउनुभयो । रोशी समावेशी उदेश्यले अगाडी बढेको सरकार भएकाले सबैलाई समान रुपले हेर्ने गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्ताैला, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, समाजसेवी शंखबुद्ध लामा, नेपाली कांग्रेसका जिल्ला सचिव दिनेश लामा, नेताहरु रत्न लामा, कुन्साङ लामा, मिमबहादुर वाईवा ‘ज्वाला’, वडा अध्यक्षहरु श्रीदास लामा, तिर्थबहादुुर लामा, पोष्टबहादुर गौतम, विकासजित लामा, क्लवका अध्यक्ष अतित मोक्तान, सदस्य फुर्साङ्ग दोर्जे लामा लगायतले ल्होछार पर्वको महत्व र संस्कृतिका बारेमा बताउनुभएको थियो ।


तपाईको प्रतिक्रिया