आस्था राउत प्रहरी नियन्त्रणमा

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठल दिएको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । राउतलाई आफन्तले नै कार्यालयमा उपस्थित गराएको जानकारी दिए ।

माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन्  । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् ।

पछि विमानस्थलको सीसीटिभी भिडियो नै मिडियामार्फत सार्वजनिक गरेको प्रहरीले राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको थियो ।  सोहीअनुसार माघ १३ गते आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको थियो ।

प्रहरीले अब राउतलाई जिल्ला प्रशासनमा उपस्थित गराउनेछ । त्यहीँबाट उनी प्रहरी नियन्त्रणमा नै रहने वा रिहा हुने प्रक्रिया अघि बढ्नेछ ।