भ्रमण वर्ष २०२०लाई सफल पार्न विभिन्न माध्यमबाट प्रचार प्रसार भईहरेको छ । त्यस्तै पछिल्लो केही दिन यता पिपलको पातमा भिजिट नेपाल २०२०को स्केजमार्फत सामाजिक सञ्जालमा भ्रमण वर्षको प्रचार भईरहेको पनि पाइन्छ । भ्रमण वर्षलाई प्रर्बद्धनका लागि धैरेले फेसबुकमा धेरैले लिफ आर्टको बारेमा धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् । फेसबुक मात्र नभएर सामाजिक सञ्जाल जस्तै इन्स्टाग्राम, टिकटक, ट्विटरमा अहिले लिफ आर्टको लोकप्रियता बढ्दै गएको देखिन्छ ।

सामाजिक सञ्जालमा सर्वाधक चर्चा पाइरहेको लिफ आर्ट श्रृजना गर्नेमध्येका एक हुन, इशान मर्हजन । भ्रमण वर्षको लोगोको लिफ आर्टले सामाजिक सञ्जालमा यति धेरै लोकप्रिय हुने आफूले नसोचेको इशानले बताए । ‘भिजिट नेपालको लोगो एकदमै चर्चित हुदैँ थियो,’ उनले भने,‘ म पोर्टेट लिफ आर्ट गरिरहन्थे । लिफ आर्टमा यो लोगो ट्राइ गर्न मन लाग्यो । साथीहरुले पनि बनाउँदा राम्रै हुन्छ भन्ने सल्लाह दिए र बनाए ।’ अहिले यो आर्टबारे धेरैबाट राम्रो प्रतिक्रिया पाएको उनी बताउँछन् । थप अरु आर्ट गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सुझाव दिएको उनी बताउँछन् ।

सामाजिक सञ्जालमा इशान सक्रिय थिए । आफ्नो आर्टमा रुचि भएकाले पनि उनी आर्टको पेजलाई फलो गर्थे । आफूले बनाएको आर्टहरु पनि उनले पोस्ट गर्थे । त्यत्तिकैमा एकदिन उनले इन्स्टाग्राममा लिफ आर्टको पिक्चर देखे । यसले उनको ध्यान केन्द्रित ग¥यो । उनलाई पनि बनाउने रहर लाग्यो । पिपलको पातमा आर्ट गरेको उनले देखेका थिए । ‘आर्ट गर्नको लागि पिपलको पात भेटिएन,’ उनी सुनाउछन्, ‘मनी प्लान्टको पातमा आर्ट गर्न कोशिस गरेँ । पहिलोपटक बनाउन लागेको कस्तो हुने हो, बिग्रने पो हो की भन्दै बुद्धको आर्ट गरे, ठिकै भएको थियो । त्यसपछि पिपलको पातमा बनाउन थाले ।’ एउटा बनाउँदा चित्तबुझ्दो बनेपछि उनी फेरी अर्को बनाउथे । निरन्तर अभ्यास गर्दा अहिले राम्रा राम्रा लिफ आर्टहरु बनेको उनले बताए ।

आफूले बनाएको लिफ आर्ट उनले पनि इन्स्टाग्राम र टिकटकमा पोस्ट गर्दै गए । आर्ट बनाएकोमध्ये उनले पहिले बुद्धको आर्ट पोस्ट गरे ,जसबाट धेरै राम्रो प्रतिक्रिया पाएको इशान बताउँछन् । यसलmे उनलाई थप अरु आर्ट बनाउन हौसायो । ‘गणेश भग्वान र आमाको माया झल्किने आर्ट पनि पछिल्लो समय फेमस छ,’ उनले भने, ‘सबैबाट राम्रो प्रतिक्रिया पाईरहेको छु । यसबाट राम्रै हुन्छ जस्तो लागेको छ । अब यसलाई व्यवसायिक रुपमा लैजाने सोच बनाएको छु ।’ लिफ आर्ट हेर्दा धेरै आर्कषक देखिएपनि यसलाई बनाउन र यसको सुरक्षित राख्न गाह्रो हुने उनले बताए ।

यी मात्र नभएर उनले प्रतिष्ठित व्यक्तिहरुको तस्बिर पातमा स्केच गरेर आफ्नो फेसबुकको वालमा पोस्ट गरेका छन् । अहिलेसम्म इशानले ३० भन्दा लिफ आर्ट गरिसकेका छन् । बलिउड कलाकार प्रबास, स्र्वीगय गायक यमबद्ध, भीबल्गर सिसन बानिँया, पूर्व राजा बिरेन्द्र बिर विक्रम शाह जस्ता व्यक्तिवका स्केच उनको फेसबुक, इन्स्टाग्राम र टिकटकमा देखिन्छन् ।

यो कला उनले डेढ वर्षअघि नेपाल हुदाँ नै सिकेका थिए । अहिले इशान डेनमार्कमा छन् । आफूले आर्ट सिक्दा यसको व्यापकता नभएको तर गएको ३ महिनादेखि यसले व्यापकता पाएको उनी सुनाउँछन् । उनका अनुसार सामाजिक सञ्जालमा धेरैले लिफ आर्ट पोस्ट गरेको देखेपछि फेरि आर्ट गर्न सुरु गरेको उनले बताए ।
आर्टमा उनको रुचि बाल्यकालदेखि नै थियो । पढाई सकेर आफ्नो फुर्सदमा चित्र कोर्ने गरेको उनले सुनाए । ‘मैले अहिलेसम्म बनाएको सबै आर्टहरु फ्रेममा हालेर सुरक्षित राखेको छु,’ उनले भने, ‘आफ्नो कलाको संरक्षण आफैले गर्नुपर्छ । यसले भोलि थप नयाँ काम गर्न उर्जा दिन्छ ।’


तपाईको प्रतिक्रिया