काभ्रे (रोशी) – काभ्रेको रोशीमा सोनाम ल्होछार पर्व अर्थात नयाँ वर्ष मनाएका छन् । सुँगुर वर्षको बिदाई र मुसा वर्षको स्वागत गर्न रोशीमा बसोबास गर्ने तामाङ समुदायले कार्यक्रम गरी मनाएका हुन् ।

तामाङ समुदायमा ज्ञानका देवता अर्थात इस्ट देवता मञ्जुश्रीले पन्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मतिर्सना गरेको ऐतिहासिक दिन सोनाम ल्होछार भएकाले यस पर्वलाई सुरुवाती वर्षको रुपमा समेत मनाउने गरिन्छ । मञ्जुश्री पात्रो अनुसार तामाङ समुदायले शनिबार नयाँ वर्ष मनाएका हुन् । पात्रो अनुसार शनिबारदेखि २८५५ वर्ष पूरा भएर २८५६ वर्ष सुरु भएको छ ।

तामाङ समुदायले बनाउने ल्होछार पर्वमा ब्रम्हाणहरुको खैजेडी भजन प्रस्तुत गरिएको थियो भने लामा गुरुहरुले देखाउने झाँक्री (वन्वो) नाच दलित सुमदायका युवाहरु सहितको सहभागितामा प्रस्तुत गरिएको थियो ।

हेर्नुहाेस् तस्बिरहरु :-

 

 


तपाईको प्रतिक्रिया