पानीमा डुबेर २२ महिने बालिकाको मृत्यु

काभ्रे (बनेपा) – खाल्डोमा जमेको पानीमा डुबेर २२ महिना बालिकाको मृत्यु भएको छ । पनौती नगरपालिका–९ जाइडोलमा बस्ने सुमन तामाङकी २२ महिनाकी छोरी कृष्टिना तामाङको शौचालय बनाउन खनेको खाडलमा परि मृत्यु भएको हो ।

पानीमा डुबेको अवस्थामा फेला परेकी कृष्टिनालाई उपचारका लागि बनेपा स्थित शीर मेमोरियल अस्पतालमा ल्याइएको थियो । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार उपचारकै क्रममा बालिकाको मृत्यु भएको हो ।

तामाङको घरदेखि तीन सय मिटरको दुरीमा रहेको सो उद्योगमा हिडेर खेल्न जाने क्रममा २२ महिने बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए ।