नेपाली सीप सिक्दै पर्यटकहरु

काभ्रे (पात्लेखेत) – ताइवानमा घरघरमै आउने पोकाको दुध खाने अहुँलाई गाइले कसरी दुध दिन्छ भन्ने समेत थाहा थिएन । केही दिनदेखि अँहु काभ्रेको धुलिखेल –११ पातलेखेत होम स्टेमा गाइ दुहुन सिकिरहेकी छिन् । एकाबिहानै उठेर बाल्टिन बोकेर गाई गोठ पुग्ने उहाँको दैनिकी बनेको छ । नेपालका किसानले कसरी पशुपालन गरिरहेका छन् । त्यसको बारेमा उनले सामुदायिक होम स्टेबाट धेरै कुरा सिकिरहेकी छिन् ।

पैसा तिरेर गाइको दुध दुहुने, दुधको बोकेर भान्सामा जाने पस्छिन् । परिवारलाई आवश्यक दुध कुढेमा राखेर बाँकी दुध बजारमा बेच्ने अहुँको दैनिकीनै हो । ‘मैले दुध दोहेको यो पहिलो पटक हो,’ अनुभव सुनाउँदै उनले भनिन् । सालको पातबाट पहिलो पटक टपरी गाँस्दै छिनताइवानी एलिस । सधै सिसाको प्लेटमा खाना र खाजा खाने एलिसलाई आफैले सालको पातबाट टपरी गासेर त्यसैमा खाना खाएकोमा निक्कै खुसी लागेको छ । सधै बोतल र ग्लासमा पानी खाने उनीहरु करुवावाट कलकल आवाज आउने गरि पानी कसरी खाने भनेर सिकिरहेका छन् । यौ सबै उनीहरुले पैसा तिरेर सिकिरहेका छन् । आफ्नो दैनिक जीवनमा आवश्यक कुराहरु पर्यटक पैसा तिरेर सिक्न खोजेसँगै यहाँका गृहिणीर समेत निक्कै खुसी देखिएका छन् ।

पर्यटक (ताइवानी) लाई दुध दुहुन सिकाउदै होम स्टे एसोसिएसनका केन्द्रिय अध्यक्ष केशवप्रसाद बडाल

होम स्टेका भागीरथी न्यौपाने ताइवानीहरुलाई दुना, टपरी र बोता बनाउन सिकाउँदै थिइन् । टपरी बनाउने मात्र नभएर धान रोप्न, तरकारी र फलफूल खेती, घर भान्सादेखि गाई गोठसम्मका काम कसरी गर्ने भनेर उनीहरुलाई सिकाउने गरेको उनले बताईन् । ‘आफूले मात्र उनीहरुलाई सिकाउने होइन, उनीहरुले पनि हामीलाई धेरै कुराहरु सिकाएको बताउँदै भन्छिन्,’ ‘हामीलाई बोल्न सिकाएका छन् , अगाडी बढ्न हौसला दिएका छन्, सरसफाईका बारेमा धेरै कुरा सिकाएका छन् ।’

नेपालको जीवनशैली, संस्कार संस्कृति, रीतिरिवाज, परम्परा, चाडपर्व, भूगोल, वातावरणको बारेमा अध्ययन गर्ने होम स्टेका संयोजक एवम् होम स्टे एसोसिएसनका सदस्य नारायणबहादुर लामाले बताए । विदेशी र स्वदेशी पर्यटकको आगमनले धेरै क्षेत्रमा परिवर्तन भएको होम स्टेका अध्यक्ष एवं होम स्टे एसोसिएसनका केन्द्रिय अध्यक्ष केशवप्रसाद बडालले बताए ।