काभ्रे (मंगलटार) – रोशी गाउँपालिका वडा नं ९ मंगलटार राजबासका मगर समुदायले माघे सकराती पर्व मनाएको छ । माघ १ गते मगर समुदायले पर्वको रुपमा मनाउदै आएका छन् । रोशी गाउँपालिका प्रमुख दलबहादुर लामा (डिबि) को प्रमुख आथित्यमा नेपाल मगर बौद्ध सेवा समाज रोशी ९ परिवारले मगर समुदायको पर्व मनाएको हो । साँस्कृतिक कार्यक्रम सहित बृद्ध बृद्धहरुलाई सम्मान मगर समुदायको कौरा नाच, मारुनी नाच सहित बिभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै रोशी गाउँपालिका प्रमुख डिबि लामाले स्थानिय पर्वहरुको जगेर्ना गर्नको लागि रोशी सरकारको बिषेश जोड् रहेको बताए । बहुजाती, बहु धर्म, बहु साँस्कृतिरहेको देश नेपालमा सबै धर्म समुदायको अधिकार संबिधानलेनै सुनिस्चित गरेको त्यस अधिकार स्थानिय सरकारले समेत संरक्षण गर्दै सबै समुदायको हितमा रोशी सरकारले काम गरिरहेको बताए । संबिधानले दिएको अधिकारलाई स्थानिय सरकारले पनि जोड् दिदै स्थानिय पर्वमा एक दिन सार्वजानिक बिदा समेत दिएको कार्याक्रममा बताए । मगर समुदायले आफ्नो पहिचानलाई जोगाई राख्न भएको भाषा साँस्कृतिको संरक्षण तर्फ पनि ध्यानदिनु पर्ने गाउँपालिका अध्यक्ष लामाले जोड् दिए ।

कार्यक्रममा बोल्दै रोशी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष एवं रोशी गाउँपालिका प्रवक्ता पदम बहादुर लामाले रोशी सरकारले सबै समुदायहरुको पर्वहरुमा सम्मान ब्यवहार गरिरहेको बताए । बिकास निर्माणको काम संगै रोशीको जनताहरुको माग अनुसारको सबैखाले कार्यहरुमा सहकार्यगरिरहेको बताए ।

कार्यक्रममै वडा नं ९ का वडा सदस्य मेघबहादुर लामाले मगर समुदायले आफ्नो चाड पर्व बिषेशरुपमा केहि बर्ष अघि देखि मनाउन सुरु गरिएकोमा राम्रो पक्ष भएको बताए । हामी यहाँको पर्यटन र सबै क्षेत्रहरुमा बिकास गर्नको लागि गाउँपालिकाले बिषेशरुपमा काम गरिरहेको बताए । यस वडा मा गाउँपालिका बाट बजेट बिनियोन भएर निर्माणको चरणमा रहेको बौद्ध बिहार निर्माणमा थप बजेट दिएर दिएर निर्माण सम्पन्न गर्नको लागि पालिकामा पहल भइरहेको बताए ।

कार्यक्रममा नेपाल मगर संघ प्रदेश नं ३ का अध्यक्ष साधुराम मगरले मगर समुदायले माघ १ गतेकाके दिन बिषेशरुपमा मनाइरहेको यो पर्व सबै मगरहरुको दशै जस्तै ठुलो चाड रहेको बताए । अबको दिनमा मगर समुदायले आफ्नो बिर्सिरहेको भाषा साँस्कृतिलाई जोगाउनको लागि पनि सबै एकजुटहुनुपर्ने बताए ।

कार्यक्रममा बृद्ध बृद्ध हरुलाई गाउँपालिका प्रमुख डिबि लामा, रोशीका प्रवक्ता पदम लामा वडा सदस्य मेघबहादुर लामाले खादा टिकाबाट सम्मान गरिएको थियो । बृद्ध बृद्धहरुलाई सम्मान सहित फलफुल समेत बितरण गरिएको थियो ।


तपाईको प्रतिक्रिया