पनौतीमा फोटो प्रर्दशनी एक महिना सम्म चल्ने

काभ्रे (पनौती) – नेपाल भ्रमण वर्ष २०२० को शुभ अवसरमा काभ्रेको पनौती नगरपालिका इन्द्रेश्वार मन्दिरमा फोटो प्रर्दशनीमा राखेको छ । फोटो देखाएरै पर्यटक ल्याउनको लागि पनौतीका सबै लागिरहेका छन् ।

पनौती नगरपालिका र पनौती पर्यटन केन्द्रबाट जनवरी १ देखि एक महिना सम्म पनौतीको सबै वडा समेटिएको फोटो प्रर्दशनीमा राखेकाछन् । यो बर्ष धेरै भन्दा धेरै पर्यटकहरुलाई पनौती सम्म ल्याउनको लागि नगरपालिकाले सरोकारवालाहरु संग मिलेर बिभिन्न कार्यक्रमहरु अघि सारेको छ । एक महिना सम्मको लागि पनौतीको बिभिन्न सम्पदाहरु देखि लिएर पर्यटकिय क्षेत्रहरु समेटिएको १२ वडाहरुको फोटो प्रर्दशनीमा राखिएको छ । ऐतिहासिक पनौती नगरपालिक बिश्व सम्पदाको सुचिकृतहुने क्रममा रहेको अवस्थामा नगरपालिकाको सबै क्षेत्रहरुको बिकास संगै पर्यटन भित्राउनको लागि बिभिन्न कार्यहरु भइरहेको नगरपालिकाले जनाएको छ ।

पर्यटन बर्ष नेपाल सरकारले घोषणा गरिए अनुसार सफल संगै पनौतीमा धेरै भन्दा धेरै पर्यटन ल्याउनको लागि हामीले बिभिन्न कार्यहरु गरिरहेको मेयर भिम न्यौपानेले बताए । पनौतीको बिकास पनौतीको समृद्धिको लागि ऐतिहासिक धार्मिक पर्यकटहरुर कृषि पर्यटकहरुल्याउन समेतमा सम्भाव रहेको मेयर न्यौपानेले बताए । पर्यटकहरु ल्याउनको लागि सरसफाई देखि सबै कुराहरुमा ध्यान दिनु पर्छ । बस्ती सफा भएमा धेरै पर्यटनहरु ल्याउन सकिने त्यो कामको लागि नगरपालिकाले सबै क्षेत्रसंग मिलेर काम गरिने मेयर न्यौपानेले बताए । पनौती नगपालिका भित्रका घुम्नै पर्ने बस्तीहरु समेटिएर फोटो राखिएको नगरपालिकाको पर्यटकिय सम्भावना भएको स्थानहरुको बारेमा सबैसामु जानकारि दिनको लागि हामीले जानकारी मुलक ब्रोसर निकालिएको वडा अध्यक्ष एवं पनौती नगरपालिका पर्यटन समिति संयोजक पुरुषोतम अधिकारीले बताए ।

जनवरी एक देखि एक महिना सम्मको लागि राखिएको फोटो प्रर्दशनीमा फोटो हेर्न आउने दिन दिनै बढिरहेको पनौती नगरपालिका वडा नं ७ का वडा सदस्य एंव पनौती पर्यटन विकस केन्द्रका उपाध्यक्ष पुरोषतम कर्मचार्यले बताए । ऐतिहासिक नगर पनौतीको पहिचार र पनौतीको सबै क्षेत्रहरुमा समेटिएको सम्पदाहरुको फोटोमार्फत जानाकारी दिनको लागि प्रर्दशनीमा राखिएको कर्मचार्यले जानकारी दिए । पनौतीको सबै वडाहरुको २ सय भन्दा धेरै फोटो प्रर्दशनीमा राखिएका पर्यटन विकास केन्द्रका उपाध्यक्ष कर्मचार्यले बताए ।