अन्जु पन्तसँग गीत गाउने इच्छा छ : हिमाल श्रेष्ठ

हिमाल श्रेष्ठ पछिल्लो समय चर्चा छन् । केही समय पहिले आएको गीत ‘क’ बाट कछुवा खरायो, मितिलाई यति राम्रो कस्ले बनायो’ गीतका कारणले उनी चर्चामा रहन सफल भएका हुन् ।  सानैदेखि गायनमा रुचि भएको कारण संगीतिक क्षेत्र रोजेको बताउने श्रेष्ठको पहिलो गीत ‘सम्झिइन् कि क्याहो सानीले’ हो ।

जुन गीतले सांगीतिक क्षेत्रमा राम्रो सफलता हात पारेको थियो । त्यसपछि श्रेष्ठले राष्ट्रिय गीत, होली गीत समेत ल्याए । अहिले ‘देउराली पाखैमा’ गीत ल्याउने तरखरमा रहेका उनका दर्जनबढी गीत बाहिर आएका छन् ।

केही विद्यालयमा संगीत प्रशिक्षकको रुपमा समेत कार्यरत बुद्धाज स्टुडियोको सञ्चालक पनि हुन् । केही दिन पहिले दुवईमा आयोजित छायाँछबि ओनर अवार्डमा उत्कृष्ट गायकको अवार्ड समेत पाउन सफल हिमाल श्रेष्ठ संग गरिएको कुराकानी :

 

गायन किन रोज्नुभयो ?

सानैदेखि म गीत गाउँथे । गायन मेरो इन्टेशनको क्षेत्र पनि हो ।

 कस्तो पाउनुभयो ?

केही गर्ने सोच र निरन्तर संघर्ष गर्न सक्नेका लागि राम्रो छ । सांगीतिक क्षेत्रमा नव प्रवेशीले धेरै इस्ट्रगल गर्नुपर्छ । म पनि करिब ७ बर्ष भयो यो क्षेत्रमा लागेको । हिटभन्दा पनि स्थापित हुन सकेको छु ।

गायनको आम्दानीले जीवन चल्छ ?

एल्बमका गीत गायर मात्र जीवन चलाउन धेरै गाहे छ । बिभिन्न मेला, महोत्सव लगायतका कार्यक्रमले भने राम्रो हुन्छ ।

कस्तो गीतबाट बढी सन्तुष्टि मिल्छ ?

लोक आधुनिक तथा मेलोडियस् गीत गाउँदा आनन्द आउँछ ।

सपना ?

सानैदेखिको सपना गायक बन्ने थियो । त्यो अहिले पुरा भयो । अहिलेको अर्काे सपना भनेको भर्सनटाइल गायक बन्ने रहेको छ । सबैले चिन्ने, गायनमा राम्रो परिचय बनाउने अर्काे सपना हो ।

गायकको केटी साथी धेरै हुन्छन् रे नि ?

कोही गायकका होलान् । तर मेरो त्यस्तो केटी साथी धेरै छैन ।

गायकको दुःख के ?

गीत गायनमा मिहेनत गरे अनुसारको पारिश्रमिक छैन । अर्काे कुरा आफ्नो पहिचान बनाउन धेरै दुःख गर्नुपर्छ । त्यही दुःख त्यही हो ।

काम गर्न मन लागेको ब्यक्ति ?

बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीतमा एउटा मेलोडियस गीत गाउने इच्छा छ ।

मनपर्ने गायिका ?

अन्जु पन्त । अन्जु पन्तको सबै गीत सुन्ने गरेको छु । उहाँसँग गीत गाउने इच्छा छ । तर अवसर पाएको छैन ।

फुर्सदको समय ?

घुम्न मनपर्छ । साथीभाई भेट्छु ।