शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

काभ्रे (धुलिखेल) – जिल्ला बाल क्लब सञ्जाल काभ्रेको पाँचौँ जिल्ला बाल भेलामा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बालअधिकार गर्भबाट शुरु हुने भएकाले स्वस्थ रुपमा जन्मिन पाउनुपर्ने अधिकार र जन्मदेखि सुरक्षित जीवन निर्वाहको पक्ष र त्यसका लागि शिक्षा र स्वस्थ जीवन जिउन पाउनुपर्ने अधिकारमा भेदभाव हुन नदिन आम अभिभावक सचेत हुनुपर्ने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले बालबालिकाको जीवनको दिशा परिवारबाट हुने भएकाले अभिभावकहरुले पनि त्यही अनुसारको शिक्षा दिन आवश्यक रहेको बताउनुभयो । उहाले बालबालिकाको ज्ञान र क्षमता भर्ने कुरा परिवारबाट नै हुने र बालबालिकालाई पढेर मात्रै नभई बाहिरी ज्ञानले पनि थप निपुण बनाउने भएकाले अभिभावकले त्यसतर्फ ध्यान दिन आवश्यक भएको बताउनुभयो । मन्त्री बाँस्कोटाले धेरै चीजमा समाज बदलिसकेको उल्लेख गर्दै विगतमा जे जसरी बालापन बिते पनि अबको समयमा आम बालबालिकालाई अनुशासित भएर आफ्नो जिम्मेवारी निभाउन सुझाव दिनुभयो ।

कार्यक्रममा प्रदेश नं ३ का प्रदेशसभा सदस्य चन्द्र लामाले देशको भूराजनीतिक अवस्थालाई अङ्गीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले भूगोलको हिसाबले सबैलाई समेट्ने खालको नेतृत्व चयन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा बालअधिकारको क्षेत्रमा निरन्तर सहयोग पु¥याएको अधिकारकर्मी भोजराज तिमल्सिनाले बताउनुभयो । सोही कार्य्रक्रममा धुलिखेल नगरपालिका सामाजिक विकास शाखा अधिकृत विदुर गौतम र सामाजिक अभियन्ता कृष्णचन्द्र आचार्यलाई सम्मान गरिएको थियो ।