बिद्युत चोरी गर्नेको बिभिन्न सामग्रीहरु जफत

काभ्रे (बनेपा) – नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र काभ्रे शाखाले पछिल्लो समयमा बिद्युत चोरी गर्नेहरुको मिटर देखि बिद्युत चोरीमा प्रयोग गर्ने बिभिन्न सामग्रीहरु जफत गर्न सुरु गरिएको छ ।

ग्राहकहरुले चोरी गरिएको अवस्थामा बिभिन्न सामग्रीहरु प्रयोग गरिदै आएको सूचना आए संगै अनुगमनलाई पनि तिब्र बनाएको छ । अनुगमनको क्रममा मिटर बिगारेर चलाएको घरमा जोडिएको तर लाई सिधै मिटरमा नराखेर सिधै प्रयोग गरेको, डइरेक तार जोडिएर बिद्युत प्रयोग गरेर पिसानी मेल चलाएको पानी तान्नको लागि सिधै बिद्युत चोरी गरेर पानी तान्ने गररेको अवस्थामा बिद्युत चोरी गर्ने ब्यक्तिहरुको सबै सामग्रीहरु नियन्त्रणमा लिने कार्य भइरहेको नेपाल बिद्युत प्राधिकरण काभ्रे बितण केन्द्र प्रमुख इन्जिनियर रञ्जनराज गुरुङले बताए ।

आज मंगलबार गरिएको चुहावट नियन्त्रण कार्य अन्तरगत बनेपा नगरपालिका वडा नं ३ काफलबोट, तीनधारा लगायत बिभिन्न स्थानहरुमा छड्के चेकजाँच गर्दा पानी तान्ते मोटर ५ एच.पि. १ थान, बाइपास मिटर ४ थान, हुकिङ तार १५ थान प्राधिकरणको टोलिले नियन्त्रणमा लिएको काभ्रे बितरण केन्द्र प्रमुख गुरुङले बताए । पक्राउ गरिएको सामग्रहीको सम्बन्धित ब्यक्तिहरुलाई बिद्युत चोरी ऐन २०५९ अनुसार क्षतीपुर्ति रकम तिराउने र थप अनुसन्धन समेत गरिने इन्जिनियर गुरुङले बताए । उनिहरुलाई काभ्रे बितरण केन्द्रको कार्यलयमा सम्पर्क गरेर क्षतिपुर्ति रकम तिरेपछि मात्र बिद्युत संचालनहुने इन्जिनियर गुरुङले बताए ।

बिद्युत प्राधिकरण केन्द्रले लिएको बिद्युत चुहवाट अभियानलाई निरन्तरता दिदै काभ्रे बितरण केन्द्रले बिद्युत चुहवाट नियन्त्रण अभियान अन्र्तगत अहिले सम्म धेरैलाई जरिवान समेत गरिएको काभ्रे जिल्ला प्रमुख इन्जिनियर गुरुङले बताए ।