भ्रमण बर्षमा केन्द्रित : पर्यटकलाई पनौती चिनाउन गाईड बुक र ब्रुसर

काभ्रे (पनौती) – भ्रमण बर्ष २०२० नजिकैदा गर्दा काभ्रेका स्थानिय सरकारहरुले धेरै भन्दा धेरै पर्यटनहरु भित्राउनको लागि बिभिन्न कार्यहरु गरिरहेको छ । यो बर्ष धेरै भन्दा धेरै पर्यटक पनौतीमा ल्याउनको लागि पनौती नगरपालिकाले पर्यटन बर्ष केन्द्रित पनौतीको चिनारी सहितको ब्रुसर र पर्यटन गाइड बुक निकाल्ने तयारी गरिएको छ ।

भिजिट नेपाल २०२० मा धेरै भन्दा धेरै पर्यटनहरु लाई पनौती नगरपालिका भित्र भित्राउनको लागि नगरपालिकाले यस्तो योजना ल्याएको हो । आइतबार नगरपालिकाको पर्यटन बिकास समतिको छलफलमा नगरपालिकाले पर्यटनहरुको सहजतालाई लिएर नगरपालिकाले नगरपालिका चिनाउने ब्रुसर र पर्यटन गाइड बुक निकाल्न लागेको नगरपालिका प्रमुख मेयर भिम न्यौपानेले बताए ।

पनौतीको साँकृति सम्पदा र यहाँको सबै खाले सम्भावना रहेको बिषयमा उक्त गाइडबुक बाट धेरै जानकारी मिल्ने मेयर न्यौपानेले बताए । हाम्रो नगर विश्व सम्पदाको सुचिकृतको अन्तिम चरणमा छ । त्यस अवसरमा यो भ्रमण बर्षमा धेरै भन्दा धेरै आन्तरिक र बाहय पर्यटकहरु पनौती ल्याउनको लागि नगरले बिभिन्न कामहरु गरिरहेको मेयर न्यौपाने जानकारी दिए ।

हामीले नगरपालिका भित्रको १ देखि १२ वडामा रहेको पर्यटन सम्भावनाहरुको पहिचान गरि गाइड बुक र पनौती चिनारी ब्रुसरमा धेरैकुराहरुको जानकारी मिल्ने पर्यटन बिकास समतिको संयोजक एवं पनौती नगरपालिका वडा नं २ का अध्यक्ष पुरुषोतम अधिकारीले बताए । हामीले पर्यटनहरुले एक किताब अध्ययान गरेर पनौतीको बारेमा सबै जानकारी मिल्ने गाइड बुक निकाल्न लागिएको पर्यटन संयोजक अधिकारीले बताए ।

हामीले पहिलो चरणमा नगर भित्रका पर्यटन क्षेत्रमा लामो समय काम गर्नुभएका, होटल, रिर्साेट, होमस्टे र सरोकारवालाहरु संग छलफल समेत गरिएको पर्यटन संयोजक अधिकारीले बताए ।

 

पनौतीलाई चिनाउने गाइड बुकमा पनौती नगरपालिकाको वडा नं १ देखि १२ वडा सम्मको सबैखाले चिनारी समेटिने भएको छ । पनौतीमा साइक्लिङ, हाइकिङ, प्यरालाइडिङ, पद मार्ग, पर्यटन सूचना केन्द्र र नगर भित्र संचालनमा रहेको बिभिन्न जात्राहरु, साँकृतिक सम्पदाहरुको बारेमा जानकारी हुने जनाएको छ ।

पर्यटन बिकास समतिको छलफलमा नगर प्रमुख भिम न्यौपाने, उप प्रमुख गिता बन्जरा, वडा नं ३ का अध्यक्ष किशोर थापा, वडा नं ५ का अध्यक्ष श्रीधर उपाध्य, वडा नं ११ का अध्यक्ष तारामान लामा, वडा नं १२ का अध्यक्ष इश्वार जंगम, बरिष्ठ प्रशासकिय अधिकृत इन्द्र प्रसाद अधिकारी, नगर कार्यपालिका सदस्य निला अधिकारी, होमस्टेका संचालकहरु लगायत पर्यटन क्षेत्रका बिज्ञहरुको उपस्थिति रहेको थियो ।